
अहिलेको समयमा निर्माताको एउटै चिन्ता छ आफ्नो फिल्मलाइ कसरी सफल बनाउने कसरी दर्शकको मन जित्ने भन्ने । यहि कारण निर्देशकहरुले दर्शक स्रोताको मन जित्नको लागि अनेक किसिमका उपाय हरु आफ्नो फिल्ममा अपनाउँछन् र फिल्म बनाउँछन् । बलिउड निर्माता प्रकाश झालेफिल्म गगांजल २ मा एक नयाँ रुप देखाउँदैछन् । जानकारी अनुसार फिल्ममा आईटम गितमा डान्स गर्ने आईटम गर्ल नभएर आईटम व्वायलाई प्रस्तुत गरिदैछ ।
आईटम डान्समा केटिको रुपमा देखा पर्न लागेका हरिश पहिले देखि नै केटिको रुपमा डान्स गर्दै आएका छन् । भारतको राजस्थानमा जन्मीएका हरिशले हालसम्म ५६ देशमा आफ्नो डान्स कला देखाईसकेका छन् । धेरै स्टेज शोहरुमा डान्स गरेर सबैलाइृ दगं बनाएका हरिशले फिल्म गगांजल २ बाट बलिउड डेब्यु गर्दैछन् ।जसमा प्रियंका चोपडा पुलिसको रुपमा देखिदै छन् ।
प्रतिक्रिया