चर्चित सेलिब्रिटीः जो भए डिप्रेसनका शिकार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ श्रावण २०७२, सोमबार ०६:५१

 म्यारिलिन मुनरो
Marilyn-Monroe-and-Make-Up-Style2
हलिउड अभिनेत्री म्यारिलिन मुनरो हलिउडकी ‘सेक्स सिम्बोल’का रूपमा सर्वत्र परिचित थिइन् । अमेरिकाका बहालवाला राष्ट्रपतिलगायतस“ग उनको नाम जोडिएको थियो । तर, पनि उनले आफूलाई जीवित राख्ने कुनै कारण फेला पार्न सकिनन् र आत्महत्या गरिन् ।
३६ वर्षको उमेरमा मुनरोले आत्महत्या गरेकी थिइन् । उनी अगस्ट ६, सन् १९६२ मा आफ्नै ओछ्यानमा मृत फेला परेकी थिइन् । बढी स्लिपिङ ट्याबलेट सेवन गरेर उनले आत्महत्या गरेको पोस्टमार्टम रिपोर्टमा देखिएको थियो । यद्यपि, पोस्टमार्टम रिपोर्टमा कस्ता कुरा उल्लेख थियो भन्नेबारे भिन्नाभिन्नै भनाइ प्रचलित छन् । मृत्यु हुनुअघि उनले कुनै सन्दर्भमा लेखेकी थिइन्, ‘मलाई लाग्छ म बहुलाउ“दैछु । मलाई थप बा“च्ने कुनै मोह छैन ।’

रबिन विलियम्स

Robin_Williams_2011a_(2)
कर्ट कोबेन
अमेरिकी गायक तथा गीतकार कर्ट कोबेन र उनको ‘निरभाना’ ब्यान्ड उनी जीवित छ“दा अझ बढी चर्चित थियो । उनको सांगीतिक करिअर उकालो लाग्दै गरे पनि लागुऔषधको अम्मलले उनलाई मनदेखि नै खोक्रो र कमजोर बनाउ“दै लगेको थियो । हेरोइन सेवनका कारण उनी डिप्रेसनको शिकार बन्न पुगेका थिए ।
यी र यस्तै कारणले गर्दा उनको पत्नीस“ग खटपट भइरहेको थियो । ८ अप्रिल १९९४ मा आफ्नै घरमा उनलाई मृत अवस्थामा फेला पारिएको थियो । फोरेन्सिक जा“च गर्दा उनले सटगनले कञ्चटमा गोली प्रहार गरी आत्महत्या गरेको पुष्टि भएको थियो । पोस्टमार्टम रिपोर्टमा उनले शरीरका अंगहरूले थेग्नेभन्दा तीन गुणा बढी हेरोइन सेवन गरेको देखिएको थियो ।
सिमोन ब्याटल
Simone-Battle
अमेरिकी अभिनेत्री तथा गायिका सिमोन ब्याटलले २५ वर्षको उमेरमा लस एन्जलसस्थित आफ्नै निवासमा आत्महत्या गरेकी थिइन् । झुण्डिरहेको अवस्थामा उनको शव सेप्टेम्बर ५, २०१४ मा फेला परेको थियो । उनले किन आत्महत्या गरिन् ? भन्ने अहिलेसम्म खुल्न सकेको छैन । आत्महत्या गर्नुअघि उनले अन्तिमपत्र लेख्ने अथवा यसबारे कसैलाई संकेत गर्ने कुनै पनि काम गरेकी थिइनन् ।
उनका ‘ही लाइक्स बोइज’, ‘भ्याकेसन’, ‘वाइल्ड वाइल्ड लभ’, ‘अग्ली हार्ट’लगायत म्युजिक भिडियो चर्चित छन् । त्यस्तै उनले ‘वी द पार्टी’, ‘मेनामोर्फोसिस’, ‘ह्वाट वी नीड’लगायत फिल्ममा अभिनयसमेत गरेकी छिन् । यसबाहेक उनले केही टेलिसिरियलमा पनि अभिनय गरेकी छिन् ।
फिलिप सेमोर हफम्यान
अभिनय, निर्देशन र फिल्म निर्माणमा हात हालेका हलिउड हस्ती फिलिप सेमोर हफम्यान फेब्रुअरी २, २०१४ मा मृत अवस्थामा फेला परेका थिए । पोस्टमार्टमपछि एकेडेमी अवार्ड विजेता यी अभिनेताले आत्महत्या गरेको पुष्टि भएको थियो ।
उनी आफ्नै घरको बाथरुममा मृत अवस्थामा फेला परेका थिए । उनको शवको छेउमा प्रयोग गरिएको सिरिन्ज थियो । त्यसअघि पनि उनले लागुऔषध सेवन गरेको चर्चा चलेको थियो । उनको घरको खानतलासी लि“दा प्रहरीले हेरोइनलगायत लागुऔषध पाएको थियो ।
फिलिप खासगरी अभिनयमा बढी जमेका थिए । ‘सेन्ट अफ वुमन’, ‘ट्वीस्टर’, ‘बोगी नाइट्स’, ‘द बिग लेबोस्की’, ‘म्याग्नोलिया’, ‘अल्मोस्ट फेमस’लगायत फिल्ममा उनले अभिनय गरेका थिए ।
ह्विट्नी हाउस्टन
whitney-houston-zoom
अमेरिकी गायिका, अभिनेत्री तथा मोडललाई गिनिज बुक अफ वल्र्ड रेकड्र्सले ‘सबैभन्दा बढी अवार्ड पाउने महिला’को उपाधि दिएको थियो । बजारमा राम्रोस“ग व्यापार गर्ने गीतको अग्रपंक्तिमा उनका गीत पनि थिए । यति ठूलो सफलताले पनि उनमा जिउने मोह जगाउन सकेन ।
फेब्रुअरी ११, २०१२ मा ४८ वर्षको उमेरमा उनले आत्महत्या गरिन् । क्यालिफोर्नियाको एउटा होटलमा उनलाई मृत अवस्थामा फेला पारिएको थियो ।
बाथटबमा दुर्घटनावश डुबेर उनको मृत्यु भएको आशंका सुरुमा गरिएको थियो । पछि अनुसन्धान प्रतिवेदनले यसलाई अझ पुष्टि ग¥यो । मुटुसम्बन्धी रोग लागेकी उनले शरीरले थेग्नेभन्दा बढी कोकिन सेवन गरेर बाथटबमा रहेको बेला उनको निधन भएको रिपोर्टमा जनाइएको थियो । त्यसअघि उनले साथीसंगीस“ग जीवनदेखि विरक्तिने कुरा गर्ने गरेको समेत फेला परेको थियो ।
लरेन स्कट
LWren-Scott
अमेरिकी मोडल तथा फेशन डिजाइनर लरेन स्कट आफ्नै निवासमा मृत अवस्थामा फेला परेकी थिइन् । मार्च १७, २०१४ मा उनका सहयोगीले उनको शव फेला पारेका थिए । स्कार्फले घा“टी बेरेर ढोकाको ह्यान्डलमा पासो लगाई उनले आत्महत्या गरेकी थिइन् । आत्महत्या गर्नुअघि उनले सुसाइड नोट लेखेकी थिइनन् ।
द रोलिङ स्टोनका गायक मिक जागरस“ग उनी सन् २००१ यता अफेयरमा थिइन् । तर, जागर अर्कै युवतीस“ग लहसिएपछि एक्लिएकी स्कटले आत्महत्या गरेकी थिइन् ।
एमी वाइनहाउस
amywinehouse4
बेलायती पपगायिका एमी वाइनहाउसले २७ वर्षको उमेरमा आत्महत्या गरेकी थिइन् । पा“च पटक ग्रामी अवार्ड पाएकी उनले जुलाई २३, २०११ मा रक्सीमा विष घोलेर सेवन गरी आत्महत्या गरेकी थिइन् । आत्महत्या गर्नु केही वर्षअघिदेखि उनले लगातार लागुऔषध सेवन गर्दै आएकी थिइन् ।
भोड्कामा विष हालेर खाएपछि उनले युट्युबमा आफ्नै म्युजिक भिडियो हेरिन् । आफ्नै म्युजिक भिडियो हेर्दै गर्दा उनको प्राणपखेरु उडेको थियो ।

टोनी स्कट

बेलायतका फिल्म निर्देशक टोनी स्कटले अगस्ट १९, २०१२ मा आत्महत्या गरेका थिए । अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको भिन्सेन्ट थोमस ब्रिजबाट फाल हानेर उनले आत्महत्या गरेका थिए ।
‘टप गन’जस्तो सुपरहिट फिल्म बनाएका निर्देशकले आत्महत्या गरेको खबर सार्वजनिक भएपछि उनका फ्यान निराश भएका थिए । टोनीले ‘द हंगर’, ‘बेभर्ली हिल्स कप’, ‘डेज अफ थन्डर’, ‘द लास्ट बोई स्काउट’, ‘टू रोमान्स’, ‘क्रिमसन टाइड’, ‘म्यान अन फायर’लगायत फिल्म निर्देशन गरेका थिए । फिल्मी क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै टोनीले बाफटाम ब्रिटानीका अवार्ड प्रदान गरिएको थियो ।
प्रहरीले टोनीको कारमा सुसाइड नोट फेला पारेको थियो । पुलछेउमा कार पार्क गरेर टोनीले फाल हानेका थिए । घरमा साथीभाइ तथा परिवारका लागि उनले छुट्टै सुसाइड नोट लेखेका थिए ।
उनको मृत्युपछि उनलाई ब्रेन क्यान्सर लागेको र यसैको चिन्ताले उनले आत्महत्या गरेको चर्चा चलेको थियो । तर, टोनीकी पत्नी र भाइले यस्तो हल्ला वाहियात भएको जनाएका थिए ।
जिया खान
dl.php?ID=25409255&sec=0dd6c47860b11b1a339dfd7e58243d18
बलिउड अभिनेत्री जिया खानले २५ वर्षको उमेरमा जुन ३, २०१३ मा आत्महत्या गरेकी थिइन् । मुम्बईस्थित आफ्नो घरको सिलिङ फ्यानमा पासो लगाएर झुन्डिएको अवस्थामा उनी फेला परेकी थिइन् । उनले आत्महत्या गरेको प्रहरीले पुष्टि गरेको थियो । घरमा कोही नभएको मौका छोपी उनले आत्महत्या गरेकी थिइन् ।
उनको निधन भएको चार दिनपछि उनकी बहिनीले जिया खानको सुसाइड नोट फेला पारेकी थिइन् । छ पृष्ठ लामो सुसाइड नोटमा उनले मर्ने निश्चय आफूले गरिसकेको लेखेकी थिइन् । सुसाइड नोटस“गै उनको परिवारले जियाले मर्नुभन्दा केही समयअघि गर्भपतन गराएको बताएका थिए । जियाले बलिउडमा ‘निशब्द’, ‘गजनी’, ‘हाउसफुल’लगायत फिल्ममा काम गरेकी थिइन् ।
– एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१