काठमाडौ, ४ साउन ।
उश्रृंखल गतिविधि र अनैतिक कार्य खुलेआम भएका पाइएपछि सात वर्षअघि बन्द राजधानीको रात्रिकालीन व्यवसाय फेरी सञ्चालनमा आउने भएको छ ।
गृह मन्त्रालयले राजधानीका मुख्य व्यापारिक तथा पर्यटकीय केन्द्रका रुपमा रहेका दरबारमार्ग र ठमेलमा रात्री व्यवसाय गर्न शर्तसहित सैद्धान्तिक सहमती दिएको हो ।
ठमेल क्षेत्रमा वेश्यावृत्ति, गुण्डागर्दी र अनैतिक लाग्ने अन्य गतिविधिमा बढोत्तरी भएका पाइएपछि ०६५ असोजदेखि राति ती क्षेत्रका होटल, रेष्टुराँ, डान्सबार र डिस्कोमा रोक लगाएको थियो । अब यी सबै गतिविधि निर्वाध सञ्चालनमा आउने छन् ।
प्रतिक्रिया