दर्शकले पाएनन् ‘बजरंगी भाईजान’ हेर्नका लागि टिकट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ श्रावण २०७२, आईतवार १६:५९

गएको शुक्रबार प्रदर्शनमा आएको बलिउडस्टार सलमान खान अभिनित चलचित्र बजरंगी भाईजानले यति बेला बलिउड बक्स अफिसमा धमकेदार व्यापार गरिरहेको छ । पहिलो दिन २७ करोड र दोस्रो दिन ३६ करोड माथिको व्यापार गरिसकेको चलचित्र बजरंगी भाईजान आजबाट भने सय करोडमा प्रवेश गर्ने छ । सबैंभन्दा धेरैं फ्यानका धनी मानिने सलमान खान अभिनित चलचित्र बजरंगी भाईजानलाई सबैं दर्शकहरुले निकै नै मन पराएका छन् । चलचित्रमा सलमान खानले गरेको अभिनयलाई सबैंले खुलेरै तारिफ गरेका छन् ।

salmanचलचित्रको कथा बस्तु पनि उत्कृष्ट भएका कारण चलचित्र बजरंगी भाईजानले बलिउडको कयौं रेकर्ड तोड्ने अपेक्षा लिइएको छ । चलचित्र प्रदर्शनमा आउनुभन्दा अगाडी देखी नै बजरंगी भाईजान हेर्नका लागि अग्रिम टिकट काटिसकेका कारण लाखौं दर्शकहरुले अहिले भारतमा टिकट समेत पनि पाएका छैंनन् । प्रत्येक शो हाउस फुल भइरहेको भारतीय मिडियाहरुले जनाएका छन् । भारतमा मात्र ५ हजार बढि हलमा प्रदर्शन भइरहेको चलचित्र बजरंगी भाईजानमा सलमानसगैं हर्षाली मल्होत्रा, करिना कपुर, नवाजुद्दिन सिद्दिकी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई कबिर खानले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१