एउटा टेलिफोनमा दुई करोडको सुझाव, २ मिनेटमा सुझाब टिपाइसक्नु पर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ श्रावण २०७२, आईतवार १४:५६

काठमाडौं, ३ साउन । नागरिकको सुझाव लिन सभासदहरु गाउँ गाउँ पुगेका छन् । संविधानसभा सचिवालय, सामान्य प्रशासन मन्त्रालय लगायतका कर्मचारी पनि केहीदिन अघि नै खटिएका छन् । तर गाउँ गउँमा मस्यौदा पुग्न सकेको छैन । मस्यौदा नपुग्ने क्षेत्रका नागरिकलाई सुझाव दिन संविधानसभा सचिवालयले १६६००१२२३४४ नम्बरको टोल फ्रि नम्बर उपलब्ध गराएको छ ।
जम्मा एउटा मात्रै नम्बर छ तीन जना कर्मचारी सुझाव लिन खटाइएको छ । २ करोड नागरिकलाई लक्ष्य गरेर राखेको टोल फ्रि नम्बरको खटिएका कर्मचारी सुझाव टिपिरहेका छन् जम्मा एउटा टेलिफोन सेटबाट ।

tele३ जनाले पालै पालो सुझाबहरु टिप्ने गर्छन । बिहान ९ बजे देखि बेलुकी ६ बजे सम्म कर्मचारीले आएका फोनहरुबाट सुझाबहरु लिन्छन् । बाँकी समयमा भने सुझाबहरु रेकर्ड हुन्छ । सुझाब टिपाउनेले जम्मा २ मिनेट पाउँछ । एक दिनमा जम्मा सय जनाको सुझाव रेकर्ड हुने गरेको ती मध्येका एक कर्मचारीले बताए । उनले, नेपाल टेलिकमको फोन नम्बरको जानकारी लिने सिस्टममा जान नसक्दा समस्या भएको बताए । प्राध्यानध्यापक, गाविस सचिव, सभासद, सरकारले खटाएका कर्मचारीलाई प्रत्यक्ष भेटेर, फोन, ईमेल वा अरु तरिकाबाट पनि मस्यौदा माथी सुझाब दिन सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१