अब फेसबुकबाटै किनमेलको सुविधा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ श्रावण २०७२, आईतवार १४:४६

faceसामाजिक सञ्जाल फेसबुकबाट अब छिट्टै किनमेलको सुविधा पनि लिन सकिने भएको छ । मिडियो रिपोर्टहरुका अनुसार, फेसबुक पेजमा छिट्टै ई–कमर्श सपिङ साइटसम्म पहुँच बनाउन सकिने सुविधा आउँदैछ । यसको साथै आफूलाई मनपर्ने सामान किनमेल गर्नको लागि किनमेल बटन पनि फेसबुकले ल्याउँदैछ, जसको मद्दतले तपाईं आफूलाई मनपर्ने सामान रोज्न सक्नुहुनेछ । फेसबुक प्रोडक्ट मार्केट म्यानेजर एमा रोजर्स भन्छिन्, ‘फेसबुक पेजमा सपिङ विकल्प हुनुका साथै हामी त्यसको उत्पादनहरुलाई सिधै प्रयोगकर्ताको पेजमा देखाउँछौं ।’ यद्यपि अहिले नै यो स्पष्ट भइसकेको छैन कि यो नयाँ फिचर्स कहिलेदेखि सुरु हुन्छ । किनकी अहिले यसको परीक्षण चलिरहेको छ । यसका लागि फेसबुकले केही साझेदारहरुसँग काम पनि गरिरहेको छ तर फेसबुकले यसका लागि साझेदार गर्ने कम्पनीहरुको नाम सार्वजनिक गरिसकेको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१