चेपाङ विद्यार्थीलाई सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ श्रावण २०७२, आईतवार १४:१२

chepangचितवन, ३ साउन । पशु सेवाकर्मीहरुले कर्मचारी हितकोषमा जम्मा भएको रकमले रत्ननगर १० मङ्गलपुरमा रहेको गामबेसी संरक्षण केन्द्रमा सहयोग गरेको छन् । नेपाल पाराभेटेरीनरी एशोसियसन चितवनले ३५ हजार १ सय ९५ रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको हो । केन्द्रमा हाल १ सय ६ जना चेपाङ विद्यार्थी आश्रित छन् । पशुमा गरीने कृत्रिम गर्भाधान बापत लिइने सेवाशुल्क मध्ये ५ रुपैया हितकोषमा जम्मा हुदै आएको थियो । नेपाल पाराभेटेरीनरी एशोसियसन चितवनका अध्यक्ष अमृत श्रेष्ठले अध्ययनमा सहजता मिलोस् भनेर खाद्यान्न सहयोग गरीएको बताए । उनले चाडैनै व्यक्तिगत रुपमा मार्सल आर्टस तालिम केन्द्र बनाइदिने प्रतिवद्धता समेत जनाए । सो अवसरमा साहित्यकार तिलकराज पौडेल, एशोसियसनका उपाध्यक्ष रुद्र कुमार श्रेष्ठ, पशु चिकित्सक महेन्द्र शाह, भवानी न्यौपाने लगायतले चेपाङलाई सहज रुपमा पढने वातावरण मिलाउन सरकारले पहल गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१