काठमाडौं, ३ साउन । संविधान सभाको तेस्रो ठुलो पार्टी नेकपा एमालेले वडा अध्यक्षको निर्वाचन प्रत्यक्ष रुपमा गरिनुपर्छ भन्दैं राय सुझाब दिएको छ । एमालेको ८ बुँदे सर्कुलर जारी गर्दै प्रदेशहरुको संख्या घटाउनुपर्ने, हिमाल-पहाड र तराईलाई जोड्नुपर्ने, नागरिकता वितरण खुकुलो बनाउन नहुने, ३ प्रतिशत मत नल्याउने पार्टीलाई समानुपातिकमा भाग लिन दिन नहुने लगायतको ८ बुँदे सर्कुलर सार्वजनिकगरेको छ । जनताको राय सुझाबको आधारमा एमालेले यस्तो सर्कुलर जारी गरेको स्रोतले बताएको छ ।
८ बुँदे सर्कुलरमा भनिएको छ ‘प्रदेशहरूको सङ्ख्या सकेसम्म कम गर्न र प्रदेशहरू निर्माण गर्दा हिमाल, पहाड र तराई मिलाएर सबै जातजाति, भाषाभाषी र संस्कृतिका जनताको एकता र प्राकृतिक स्रोतको अधिकतम उपयोग गर्न सकिने गरी सीमा निर्धारण गरिनु पर्ने ।’ साथैं उक्त ८ बुँदे सर्कुलरमा राजनीतिक स्थायित्व प्राप्तिका लागि संविधानमै थ्रेस होल्ड तोकिने गरी सुझाव दिन आग्रह गरिएको छ भने थ्रेस होल्ट लगाउँदा ३ प्रतिशत मतका साथै प्रत्यक्षतर्फ तीन सीट जितेको हुनुपर्ने एमालेले प्रस्ताव अगाडी सारेको छ । त्यसैगरी संविधान जारी भएपछि संवैधानिक निकायका पदाधिकारी एवं न्यायाधीशहरुको पुनर्नियुक्ति हुने गरी संविधान बनाउन सुझाव दिनुपर्ने एमालेको आग्रह छ । एमालेले प्रदेशहरुको संख्या अझै कम गर्न र हिमाल-पहाड-तराईलाई मिलाएर प्रदेशहरु बनाउनुपर्ने सुझाव जनतासँग मागेको छ ।
प्रतिक्रिया