आमाको नामबाट नागरिकता असम्भव : एमाले सभासद

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ श्रावण २०७२, आईतवार १२:०२

एस.पी.गौरब, ३ सर्लाही । नेकपा एमाले जिल्ला कमिटी सर्लाहीले आज पत्रकार सम्मेलन गरेको छ । एमाले सर्लाहीका अध्यक्ष रेवित पन्तको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमाले जनकपुर अञ्चल सह संयोजक तथा केन्द्रिय सदस्य केशव पौड्यालले प्रमुख अतिथ्यता जनाउनु भएको थियो । लालबन्दी नगरपालीकाको सभाहलमा भएको कार्यक्रममा सर्लाहीका विभिन्न ४ वटा सभासदहरुको हरि उप्रेति,रन्जना सरकार,कमलादेवी महत्तो र दुलारी देवी राय यादवको उपस्थिती रहेको थियो । नयाँ संविधानको प्रारम्भीक मस्यौदा माथीको जन अभिमत लिन जिल्ला आएका सभासदहरुले पत्रकार सम्मेलन गरेका हुन । पत्रकार सम्मेलनमा सभासदहरुले तराईमा आमाको नामबाट नागरिकता पाउँने व्यावस्था असम्भव रहेको बताए ।

Nagrikta-Nepaliभने प्राकृतीक स्रोत र साधनको स्थानीय स्तरमा नै प्रयोग गर्न पाउनु पर्नेमा सबै सभासदहरुको जोड रहेको एमाले सर्लाहीका जिल्ला सदस्य मोहन भण्डारीले जानकारी दिनु भयो । सोही कार्यक्रममा नेकपा एमाले सर्लाही क्षेत्र नं. १ का अध्यक्ष बिक्रम भण्डारीले मुस्लिमहरुको महान पर्व इदको अवसरमा सुभकामना समेत व्यक्त गरेका छन । पत्रकार सम्मेलनमा एमाले सर्लाहीका जिल्ला तहदेखी गाउँ तह सम्मका साथै विभिन्न जनवर्गिय संगठनका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१