कतारमा ‘रेशम फिलिली’लाई दर्शकको उत्साहजनक साथ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ श्रावण २०७२, आईतवार ११:३७

qatarफिल्म रिलिज भएकै भोलि पल्ट देशमा विनासकारी भूकम्प गएकाले बैशाख ११ गते सार्बजनिक प्रदर्शनमा आएको फिल्म ‘रेशम फिलिली’ पुन:प्रदर्शन हुने भएको छ । साथै फिल्मको मुस्लिम पर्ब इदको अवसरमा शनिबार कतारमा प्रदर्शन गरिएको छ । कतारको सनैया स्थित ग्राण्ड मल सिनेमामाको प्रदर्शन गरिएको हो । प्रदर्शनमा सिनेमा घर हाउस फुल भएको र कतारमा पहिलो पटक डिजिटल प्रबिधि बाट फिल्म प्रदर्शन गरिएको आयोजक निमा भुषालले जानकारी दिए । उनका अनुसार आगामी अगष्ट २१ तारिखका दिन कलाकारको उपस्थितमा फिल्मको पुन: प्रदर्शन गरिने भएको छ । फिल्म हेरेपछि दर्शकहरु उत्साहित हुदै सकारात्मक प्रतिक्रिया दिए भने दोश्रो शो हेर्न आएका दर्शक फिल्म हाउस फुलका कारण फर्किएका थिए । प्रणब जोशीको लेखन तथा निर्देशन रहेको फिल्ममा बिनय श्रेष्ठ,कर्मा,मेनुका प्रधान मुख्य भूमिकामा छन् । कतार जाने युवाको सपना,मेनपावरको ठगि र फिल्मको हिरो हुन गरिने संघर्षको कथालाई फिल्मले बोल्छ । फिल्मको अन्त्यममा चर्चित गीत ‘जाल’मा को सार्बजनिक भिडियो फुटेजलाई समेत समाबेश गरिएकाले फिल्ममा आकर्षण थपिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१