मष्तिष्कको शल्यक्रिया भइरहँदा पनि लगातार गितार बजाउँने व्यक्ति !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ श्रावण २०७२, आईतवार ११:२०

itarब्राजिलको सेन्टा केटेरिनाको एक अस्पतालमा एक व्यक्तिको मष्तिष्कको शल्यक्रिया भइरहँदा लगातार गितार बजाएर गीत बजाइरहेका थिए । ३३ वर्षीय एण्टनी कुलक्याम्प डायसलाई ब्रेन ट्युमर थियो । उनी निकै लामो समयदेखी बोल्नका लागि समेत अफ्ठ्यारो महशुस गरिरहेका थिए । चिकित्सकहरूले ट्युमर निकाल्नका लागि एण्टनीलाई लोकल एनेस्थेसिया दिए र गीत गाउन भने । यसले गर्दा चिकित्सकहरूले शल्यक्रियाका क्रममा संगीतको माध्यमबाट उनको सेरेब्रलको अनुगमन गर्न सहज हुन्थ्यो । उनीहरुले शल्यक्रियाका क्रममा बोल्ने र सुन्ने या बुझ्ने क्षमतामा केही कमी त भएको छैन् भन्ने जाँच गर्न सक्थे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१