इराकमा बम विष्फोट, ८० जनाको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ श्रावण २०७२, आईतवार १०:५१

Irakma bam bisfot_20130522एजेन्सी । इराकको राजधानी बगदादको उत्तरी क्षेत्रमा कार बम विष्फोट हुँदा ८० जनाको मृत्यु भएको छ । शिया समुदायको बाहुल्यता रहेको दीयाला प्रान्तस्थित खान बानी शाद शहरको व्यस्त बजारमा रमजान मनाइरहेका बेला आक्रमण भएको अधिकारीलाई उद्यृत गर्दै बीबीसीले जनाएको छ । इराकको अधिकांश भाग कब्जा गरेको विद्रोही समूह इस्लामिक स्टेटले सो आक्रमणको जिम्मा लिएको छ । आक्रमणमा परी धेरै बालबालिकाको मृत्यु भएको प्रहरी अधिकारीले जनाएका छन् । सो प्रान्तमा इद मनाउन छाडेर ३ दिने शोकको घोषणा गरिएको छ । इराकको उत्तरी र पश्चिमी इलाकाको अधिकांश भेगमा आइएस र सरकारबीच भीडन्त हुँदै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१