ट्वान्टी ट्वान्टीबाट बाहिरियो नेपाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ श्रावण २०७२, आईतवार १०:४९

nepali criनेपाल ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटको छनोटको समूह चरणबाटै बाहिरिएको छ । समुह चरणको अन्तिम खेलमा जर्सीसँग ७ विकेटले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । १ सय ६ रनको लक्ष्य जर्सीले १७ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो । यसअघि नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ५ रन बनायो । राष्ट्रिय टोलीबाट प्रतियोगितामा डेब्यु गरिरहेका सिद्धान्त लोहनीले सर्वाधिक २७ रन बनाए । उपकप्तान ज्ञानेन्द्र मल्लले २६ रन बनाएको इनिङ्समा सरद भेषवाकरले १६ तथा पारस खड्काले ११ रन बनाए । अन्य व्याटसम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१