बादल र सनाको ‘मार हान्ने’ (अडियो सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ श्रावण २०७२, आईतवार १०:३८

badalयूवापुस्ताका चर्चित गायक बादल प्रसाईँको आवाजमा रहेको ‘मार हान्ने’ बोलको गीतले यति बेला राम्रै चर्चा पाइरहेको छ । गायक बादल र गायिका सना महर्जनको आवाजमा रहेको मार हान्ने बोलको अहिले अडियो मात्र सार्वजनिक भएको छ । गायक बादल प्रसाईका अनुसार यो गीतको भिडियोको छायांकन भइसकेको छ भने अहिले उक्त भिडियोको सम्पादन काम भइरहेको छ । इङ्गल्यान्डमा खिचिएको उक्त भिडियो केहि दिन भित्रैं सार्वजनिक हुने गायक बादलले बताए । गीत मार हान्नेमा शब्द तथा संगीत महेश ज्ञवालीको रहेको छ भने गीतको एरेन्ज दिनेश श्रेष्ठको रहेको छ । ‘झिल्के बादल’ र ‘फुलको हत्या’ लगायताका चर्चित गीतहरु गाइसकेका गायक बादल प्रसाईले अगाडी भने -‘मेरा हरेक गीतहरुलाई दर्शक, स्रोताहरुले निकैं मन पराउनु भएको छ र मार हान्ने बोलको अडियो गीतलाई पनि यति बेला स्रोताहरुले अत्याधिक रुचाउनुभएको मैंले पाएको छु । साथैं अब यसैं गीतको भिडियो पनि तयार हुँदैं छ र आसामा छु भिडियोलाई पनि उतिक्कैं मन पराउनुहुनेछ भन्नेमा ।’ गायक बादल प्रसाई अहिले नेपालका भूकम्पपीडितहरुको सहयोगार्थ राजधानी भित्र अथवा बाहिर भइरहेका विभिन्न सांकृतिक कार्यक्रममा सहभागी भइरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१