महराले दान गरेको ३२ रोपनी जग्गामा ६० करोडको कलेज बन्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ श्रावण २०७२, आईतवार १०:२३

maharaनवीन लोचनमगर
रोल्पा, ३ साउन । रोल्पामा पोलिटेक्निकल कलेज बन्ने भएको छ । जिल्ला सदरमुकाम लिबाङ नजिकैको मेबाङगाउँमा ६० करोड रुपैयाँको लगानीमा निर्माण गर्न लागिएको कलेजको शनिबार शिलान्यास गरिएको हो । पूर्व उपप्रधानमन्त्री तथा रोल्पा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सभासद् कृष्णबहादुर महराले आफूले दान गरेको करिव ३२ रोपनी क्षेत्रफल रहेको जग्गामा उक्त कलेज निर्माणका लागि शिल्यान्यास गरेका हुन् । कलेजको शिल्यान्यास गर्दै महराले यही आर्थिक वर्षमा १ करोड १३ लाख खर्च हुने बताए । उनकाअनुसार कार्यालयका साथै केही कक्षा कोठासमेत् निर्माण हुनेछन् । रोल्पामै पोलिटेक्निकल कलेज निर्माण भएपछि रोल्पाको शैक्षिक क्षेत्र सुधारका साथ जिल्लाको उचाई थप माथि उठ्ने महराले बताए । कलेज शिलान्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मासहित जिल्लास्थित विभिन्न व्यक्तित्वहरुको सहभागिता थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१