पूर्णप्रसाद न्यौपाने
ओखलढुंगा, ३ साउन । हेलीकप्टर चडेर सभाषद् आकाशमा उड्दैमा जनताको राय संकलन नहुने सभाषद् रामहरि खतीवडाले बताउनुभएको छ । संविधानको पहिलो मस्यौदामा नागरिकको सुझाव लिनका लागि सडकमार्ग हुँदै आज ओखलढुंगा आईपुग्नु भएका सभाषद् खतीवडाले यस्तो बताउनुभएको हो । ‘भोटमाग्न जनताका घरघरमा पुगेको हुँ’खतीवडाले भन्नुभयो‘त्यसैले जनताको रायसंकलन गर्नपनि म सकेसम्म जनताका घरघरमा पुग्छु,जनताको कुरा सुन्न आउने हेलीकप्टर चडेर,यो कुनै तरीका हो ? म यसको विरोध गर्छु र सरकारले दिएको यो सुविधा म लिन्न’ सभाषद्लाई जिल्ला जिल्ला पु¥याउन हेलिकप्टर प्रयोग गर्ने खर्च भूकम्प पिडित जनताको गाँसबासका लागि खर्चीनु पर्ने उहाँको भनाई छ ।
व्यक्तिगत खर्चमा सडकमार्ग हुँदै जिल्ला आईपुग्नुभएका ओखलढुंगा क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचीत सभाषद् खतीवडाले हेलीकप्टर चार्टर बापतको रकम सरकारले दिए आफुले भूकम्प पिडित नागरिकलाई त्यो रकम उपलब्ध उपलब्ध गराउने बताउनुभयो ।
अरु समयमा आफु दैनीकजसो पनि हेलीकप्टर चार्टर गरेर मतदाता भेट्न जिल्ला आउने गरेको भएपनि संविधानको मस्यौदाका विषयमा रायसंकलनका लागि आउँदा हेलिकप्टर चार्टर गर्नु भन्दा सडकमार्ग प्रयोग गर्दा कम खर्चीलो र धेरै जनताको राय बुझ्न सकिने खतीवडाको दावी छ ।
जिल्लाबाट संविधानसभामा प्रतिनिधीतव गर्ने सभाषद् यज्ञराज सुनुवार र हर्कबोलराई भने विहिबार नै हेलीकप्टर मार्फत जिल्ला आईसक्नुभएको छ ।
यसैविच सभाषद्हरुको टोलीले ओखलढुंगामा संविधानको पहिलो मस्यौदामा नागरिकको सुझाव संकलन सुरु गरेको छ । सभाषद्को टोलीले जिल्लका विभिन्न सरोकारवाला र सर्वसाधारण सँगरायसंकलन सुरु गरेको हो । सभाषद्हरुको टोलीले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुख, पत्रकार सञ्चारकर्मी दलका नेता लगाएको सहभागीतामा सर्बदलिय तथा सर्वपक्षीय छलफल गरेर सुझाव संकलन गरेको छ । भने २ गते निशंखेमा, ३ गते सदरमुकाममा, ४ गते मानेभज्याङ लगाएतका पायक पर्ने स्थानमा जनताको राय सुझाब सकलन गर्ने, ५ गते सदरमुमकाममा समिक्षात्मक छलफल गर्ने र ६ गते जनताको राय लिएर राजधानी र्फकने कार्यक्रम रहेको जनाईएको छ ।
प्रतिक्रिया