जर्मनीको अधिवेशनको मिति नजिँकिदै जाँदा नयाँ नेतृत्वको लागि प्रतिस्पर्धा सूरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ श्रावण २०७२, आईतवार ०९:३१

11720596_10206049354746921_345001959_nजर्मनी । नेपाली काँग्रेसको भातृसंगठन जनसम्पर्क समिति जर्मनीको अधिवेशनको मिति नजिँकिदै जाँदा नयाँ नेतृत्वको लागि प्रतिस्पर्धा सूरु भएको छ । विभिन्न पदका लागि विभिन्न व्यक्तिहरुले आफनो नाम सार्वजनिक गर्ने क्रमलाई तिव्रता दिएका छन् । यसैबीच जनसम्पर्क समिति जर्मनीको सभापतिका लागि शिखर खड्काले उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि जर्मनीमा बस्दै आएका खड्काले नेपालीको हकहित, एकता, नेपाली भाषा, साहित्य, कला संस्कृतीको प्रचारप्रसार, पर्यटन प्रवद्र्धन गर्ने प्रतिवद्धता जनाउँदै अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । कुशलताका साथ समितिको सहमहामन्त्रीको जिम्मेवारी समालि सकेका खड्काले प्रवासी नेपालीको हकहित र एकता लागि जननेता विपी कोइरालाको भावनालाई सार्थक तुल्याउन आफुले सभापति पदका लागि उम्मेदवारी दिएको बताए । सवैको साथ जर्मनीमा नेपाली समाजको विकास भन्ने नारा दिएर चुनावी मैदानमा आएका खड्काले विनाशकारी भुकम्पपछिको नेपालको अवस्थालाई वुझन सक्ने र गैरआवसीय नेपालीलाई दिने भनिएको नागरिकताको मुद्धालाई परिणामसम्म पुर्याउन सक्ने क्षमता आफुसँग भएकाले पनि सभापतिमा दाबी रहेको तर्क गरे । नेपालमा रहँदा पनि खड्का सक्रिय राजनीतिमा थिए । २०४८ सालमा नेविसंघ मोरगंको एकाई सभापति, २०४९ मा उर्लावारी क्याम्पसको स्ववियु सभापतिको प्रत्यासी, २०४८ सालमा नेविसंघको मोरगं क्षेत्र नम्वर दुईको क्षेत्रिय उपसभापतिको जिम्मेवारी तहमा समेत उनी पुगेका थिए । त्यसैगरि सभापतिका प्रत्यासी खड्काले गैर आवसीय नेपाली संघ एनआर डब्लुको एलसिसिको संयोजकको जिम्मेवारी पनि समालि सकेका छन् । प्रजातन्त्र स्थापनाका लागि बल दिने उदेश्यले १९७६ मा जननेता विपी कोइरालाले छरिरहेका रहेका प्रवासी नेपालीलाई एकतावद्ध बनाउन भारतको मुम्वाईमा जनसम्पर्क समिति गठन गरेका थिए । आगामी जुलाई २६ गतेका दिन जनसम्पर्क समिति जर्मनीको अधिवशेनको मिति तय गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१