पर्यटनलाई टेका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ श्रावण २०७२, आईतवार ०७:०६

timthumbवैशाख १२ गतेको महाभूकम्पले हजारौंको ज्यान लियो र देशका महत्वपूर्ण र पुरातात्विक महत्वका भवन तहसनहसनै पारिदियो। नेपालका उनान्चालिस जिल्ला भौतिक रुपमा प्रभावित भए त्यसमध्ये एघार जिल्लामा भएको क्षति आंकलन गर्न नसकिने छ।

महाभूकम्पले संसारभरका नेपालीमात्र हैन बिश्वभरका मानवीय मनलाई धक्का दियो। यो आलेख तयार पार्दासम्म न भूकम्पको झड्का रोकिएको छ न मानवीय सहायताका लागि उठेका हातहरू। प्रभावित ठाउँका लाखौ मान्छेलाई सामान्य जीवनमा फर्कन निकै मुस्किल भैरहेको छ।

दश वर्षे जनयुद्धले धरासयमा परेको पर्यटन व्यवसाय विस्तारै फिजिदै गईरहेको अवस्थामा एक्कासी आइपरेको प्राकृतिक प्रकोपले केहि समयलाई पर्यटन क्षेत्रमा मौलाएको आशाको किरणलाई फेरि मधुरो पारिदिएको छ। सम्भावना अझै छन् तर पुर्ननिर्माणका कार्य गतिशिल नभईन्जेल हामी आफैं पर्यटकलाई पूर्ण रूपले स्वागत र सेवा दिन सक्दैनौं।

सन् २०१४ मा काठमाडौ विमानास्थल भएर लगभग ६ लाख पर्यटक भित्रिएका थिए। यो संख्या सन् २०१३ को भन्दा ०.३ प्रतिशतले घटेको थियो। सन् २०१४ को अप्रिलमा सगरमाथामा आएको हिमपहिरोले पर्यटकहरूको मृत्यु भएको थियो। र, पर्यटनमा यसको असर देखिएको थियो। सन् २०१५ को सुरूवातसँगै पर्यटन क्षेत्रले राम्रो गरिरहेकै थियो। महाभूकम्पन आएको भए यो वर्ष नेपालमा हवाई मार्ग भएर आउने पर्यटकको संख्या लगभग १२ प्रतिशतले बढ्ने आँकलन थियो। तर, एक्कासी भूकम्पले गर्दा नेपाल भएका पर्यटकहरु पनि असुरक्षित ठानी नेपाल बाहिर जान हतारिए भने नेपाल आउन तयार भएकाहरुले पनि बुकिङ रद्ध गर्न थाले।

यसले गर्दा समग्र पर्यटन व्यवसायी, होटल, रेष्टुरेण्ट, टुर्स , ट्रेकिङ, राफ्टिङ लगायत प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने सम्पूर्ण व्यवसायहरुलाई असर परेको छ। अमेरिका, बेलायत, अष्ट्रेलिया लगायत देशले नागरिकहरुलाई नेपाल घुम्न सर्तकता जारी गरेको छ।

जबसम्म यी मुलुकहरुले नेपाल घुम्न जान सुरक्षित छ भनेर अर्को सूचना जारी गर्दैनन् तब सम्बन्धित मुलुकका पर्यटकको संख्या बढ्ने अवस्था छैन।

भूकम्पले पर्यटन सँगसगै देशको अर्थतन्त्रलाई पनि वर्षौं पछाडि धकलिदिएको छ। अर्थतन्त्रमा प्रत्यक्ष योगदान दिने पर्यटन उद्योगनै महाभूकम्पको धक्काबाट प्रभावित भएका बेला अरू क्षेत्रले पनि खासै योगदान पुर्‍याउने अवस्था छैन। पर्यटकको पदयात्राको लागि क्रमशः पहिलो र तेस्रो आकर्षणका रुपमा रहेको सगरमाथा र लाङटाङ क्षेत्रमा भएको बिनासले तत्काल जे क्षति पुर्‍यायो त्यसको असर आगामी दिनमा देखिने निश्चित छ।

नेपालको दोस्रो र तेस्रो प्रमुख पर्यटकीय स्थलमाप्रत्यक्ष भूकम्पको प्रभाव नरहे पनि भूकम्प पछिका समस्या देखिन सुरू भइसकेको छ। चितवन अहिले सुनसाननै छ। पर्यटक विरलै देखिन्छन्। नेपालको परिचय बनेको नेपालको वास्तु, काष्ठ, प्रस्तर र शिल्पकलाको नमूनाको संगम राजधानीका तीनै क्षेत्र ध्वस्त हुनु पर्यटन उद्योगका लागि नकारात्मक सूचक बनेको छ।

पर्यटक प्रहरीकाअनुसार महाभूकम्पमा परि मृत्यु हुने विदेशी पर्यटकहरुको संख्या ६६, घाइते ५२ र हराइरहेकाको संख्या ११३ छ।

यो विपत्तिमा भएको पर्यटक हताहती तुलनात्मक रूपमा कम हो तर, केही गैरजिम्मेवार संचार माध्यमको गैरजिम्मेवारीले नेपालको पर्यटन उद्योगलाई महाभूकम्पको भन्दा ठूलो धक्का पुग्ने निश्चित छ।

नेपाल भूकम्प पछि पनि घुम्न योग्य छ, पर्यटक सुरक्षित हुन्छन् र पर्यटन निरन्तर छ भन्ने समाचार प्रकाशन र प्रसारण जरुरी देखिन्छ। अहिलेको अवस्था हेर्ने हो भने पर्यटन व्यवसायबाट धेरै पलायनहुने निश्चित छ।

नेपालको द्धन्द्धत्तोर समयमा पर्यटन उद्योग आशालाग्दो रुपमा अघि बढेको थियो। प्रत्यक्ष र अप्रत्यक्ष बैदेशिक लगानी भित्रिएको थियो। द्धन्द्धको समयमा प्रत्यक्ष रुपमा पर्यटकलाई निशाना नबनाए पनि पर्यटन उद्योग चन्दाका नाममा आतंकित भयो। होटलका लागि बनेका भवनहरु सपिङ महल, अफिस तथा निवास प्रयोजनका लागि उपयोग गरिए।

वैसठ्ठी त्रिसठ्ठीको आन्दोलन पछिको परिवर्तनले नेपालको पर्यटन उद्योगलाई आंशिक जीवनदान दियो। राजनीतिक अस्थिरताकै अवस्थामा पनि यस उद्योगमा एकखालको उत्साह सञ्चार भयो। बन्द भएका होटल खुल्न थाले । राजधानी तथा मोफसलमा पर्यटन उद्योगका लागि लगानी हुन थाल्यो। राजधानीमा गैर आवासीय नेपालीले अर्बौ रुपैयाँ पर्यटनमा लगानी गर्न थाले। बिडम्बना यहीबेला आएको महाभूकम्पले नेपाली पर्यटन उद्योगलाई पनि नराम्रो धक्का दियो।

लाखौलाई प्रत्यक्ष अप्रत्यक्ष रोजगारी दिइरहेको पर्यटन उद्योगले वैदेशिक मुद्रा आम्दानी मात्र हैन देशको राजश्वमा पनि निकै ठूलो योगदान दिएको थियो।

महाभूकम्पपछि समग्र देश सँगै पर्यटन उद्योगलाई पुननिर्माण गर्न जरुरी छ। किनकि यति बेला पर्यटन उद्योग महाभूकम्पले नभत्किए पनि बस्न अयोग्य भएको भौतिक संरचनाको हालतमा पुगेको छ।

अरु जस्तै पर्यटन उद्योगलाई पनि भौतिक संरचनामा दिएका टेकाको आवस्यकता छ। टेका तबसम्म जरूरी छ जबसम्म त्यो भौतिक संरचनालाई सुरक्षित रुपमा पुननिर्माण गरिदैन। पर्यटन उद्योगलाई टेका भनेको विश्वमा हुने नकारात्मक प्रचारलाई न्युनिकरण हो। त्यसका लागि देशले संबिधान पाउनु जरुरी छ।

नेपालको संबिधानसभा ब्यक्ति र राजनीतिक दलको स्वार्थको खेल मैदान बनेको छ। अब यो महाविपत्तिमा सबैलाई स्वीकार्य हुने न्यूनतम सहमतिको संविधान जारी हुनु पर्छ।

जसले संसारभर नेपालमा राजनीतिक स्थीरताको संकेत गर्दछ। दोस्रो पर्यटकलाई सहुलियत दिन राज्य र पर्यटन उद्योगीबिच प्राईभेट पब्लिक साझेदारीको पनि आवश्यकता छ।

हामी निराश हुने होइन। पर्यटन व्यवसायको अन्त्य यो होइन। हामीले जापान र हाइटीमा भुकम्पपछि विकाश भएको पर्यटनलाई उदाहरणका रूपमा लिन सक्छौं। उनीहरुले अपनाएको संयम मनन गर्न सक्छौं। हामीले हाम्रो पर्यटन व्यवसायलाई सुधार गर्ने समय आएको छ। भौतिक रूपमा र मानसिक रूपमा पनि। यो समय हामीले व्यवसायहरुलाई रिमोडल गर्न सक्ने समय छ। होटलहरुले रंगरोगन, सरसफाई, कोठाहरुको रिमोडल, स्टाफहरुको ट्रेनिङ लगायत धेरै कुरामा समय उपयोग गर्न सकिन्छ। हामी सबै पर्यटन व्यवसायीले आआफ्नो क्षेत्रमा स्तोरन्तीका लागि समय खर्चे भविष्यमा आउने पर्यटकबाट लाभ लिन सकिन्छ।

घिमिरे क्षेत्रीय होटल संघ चितवनका प्रथम उपाध्यक्ष हुन् ।

सेतोपाटी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१