चुम्बनको अखडा बन्दै छ नेपाली चलचित्र

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ श्रावण २०७२, आईतवार ०५:५५

रातको समय, रोकिएको कारभित्र बसेका राजेश हमाल तथा नन्दिता केसीबिचको प्रेम उत्कर्षमा पुग्छ। राजेश नन्दिताको नजिक पुग्छन्। नन्दिता पनि राजेशको सामिप्य खोज्दै आफ्नो मुहार अघि ल्याउँछिन्। उनिहरु एकार्काको अधरपान गर्न थल्छन्।निर्देशक दिपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘द युगदेखी युगसम्म’ को यो दृश्य टेलिभिजन प्रचार समाग्रीका रुपमा केही दिनाघिसम्म सबैले हेर्न पाएका थिए, अहिले पाउँदैनन्। प्रचर् सामाग्रीबाट उक्त दृश्य हटाइसकिएको छ।
शालिन नायिकाको छवि बनाइएकी नन्दिता केसीलाई टेलिभिजनमा उक्त दृश्य आएको मन परेनछ। उक्त दृश्यका बारेमा उनिसँग धेरैले सोधिखोजिगर्न थालेछन्। घर-परिवारले पनि मन पराएनछन्। अप्ठेरो नै परेपछि निर्माता अर्जुनकुमारसँग अनुनय-बिनय गरेर उनले टेलिभिजन प्रचार सामाग्रीबाट त्यो भग झिक्न लगाइन्।चलचित्रको दृश्यलाई प्रचरका रुपमा प्रयोग गर्न पाउनु निर्माणपक्षको अधिकारको कुरा भएपनि नायिकाको समस्या बुझेर उनले चलचित्रमा उक्त दृश्य राखेपनि प्रचार सामाग्रीमा नराख्ने विश्वास दिलाएका छन्। प्रेमको उत्कर्ष देखाउन चलचित्रमा चुम्बनको दृश्य समावेश गरिन्छ। बिशेष गरी हलिउडका चलचित्रमा अधरपानको दृश्य सामान्य भैसकेको छ।
हलिउडका कतिपय चलचित्रको अन्तिम दृश्य ‘टङकिस’मा टुंगिन्छ। बलिउडमा पनि अधरपान सामान्य भैसकेको छ। ‘बबी’मा ऋषी कपूर र डिम्पल कपाडियाको चुम्बन ,’दयावन’मा माधुरी दीक्षितसँग बिनोद खन्नाको चुम्बन्, ‘राजा हिन्दुस्तानी’मा करिश्मा कपूर र अमिर खानको चुम्बन, ‘जाँबाज’मा अनिल कपूर र डिम्पलको चुम्बनले त्यो बेला जति चर्च बटुले पनि अहिलेको बलिउडमा चुम्बन दृश्य नगर्ने नायक-नायिका बिरलै हुन थाले।नायक इमरान हासमीले त ‘किसिङ हिरो’ को उपाधि पाइसकेका छन्। मल्लिका सेरावत, बिपासा बासुजस्ता ‘सेक्स बम’हरु मत्र होइन, रानी मुखर्जी, प्रिती जिन्टा, करिश्मा कपूरहरु पनि चलचित्रमा चुम्बन गर्न अप्ठेरो मन्दैनन्। फेरि फर्किउँ कलिउडमै।
बर्ष २०६५मा चलचित्र ‘सिलसिला’ सुपर हिट भयो। चलचित्रमा निर्माताले मनग्गे कमाए। उक्त चलचित्र सुपर हिट हुने श्रेय वसन्त सपकोटाको संगीत रहेको गीत ‘सागरसरी चोखो माया’को लोकप्रियता र दोस्रो पर्दामा नयक राजेश तिमिल्सिना तथा नायिका सोनिया केसीबिचको अधरपानलाई दीयो। निर्माणपक्षले नायक र नायिकाबिच ‘ट्ङकिस’ भएको ढोल पनि पिटे। जबकी नायिका सोनियाले ‘त्यो टङकिस होइन, लिपकिस थियो’ भन्ने प्रतिक्रिया दीन्।सत्य जे भएपनि दर्शक पनि नायक नायिकाको त्यो दृश्य हेर्न हल सम्म पुगे। सिलसिलाका निर्माताले हल्ला गरे र चलचित्र चलाए। यहाँ हल्ल नगर्ने पनि छन्।
प्रदर्शन भैसकेको चलचित्र ‘अभिमन्यु’मा नायक निखिल उप्रेती एक जना होइन तीन जना नायिकासँग चुन्बन गरेका थिए। अरुणिमा लम्साल र पुजना प्रधानसँग उनले ओठै जोडेर चुम्बन गरेभने जेनी कुवँरसँग चुन्बन गर्दा बिचमा सिसा राखेको दृश्य छ।त्यसै गरी चलचित्र ‘धड्कन’मा नायिका रेखा थापा र रमित ढुंगानाबिच चुम्बनको एउटा दृश्य छ। उक्त दृश्यलाई पनि निर्माणपक्षले चर्चको बिषय बनाउनु आवश्यक मानेन। नायक दिलिप रायमाझीले पनि चलचित्र ‘हामी साथीभाइ’मा नायिका अरुणिमा लम्सालको ‘चुम्मा’ लिएका छन्। उक्त चलचित्रका निर्मातासमेत रहेका रायमाझीले त्यसलाई पनि चर्चामा ल्याउन चाहेनन्। चलचित्रमा चुम्बनको दृश्यको पहिलो पटक चर्चा पाएको चलचित्र थियो- ‘मनकामना’।
डेढ दशक भन्दा अघि प्रदर्शनमा आएको उक्त चलचित्रमा नायक शिव श्रेष्ठ र नायिका करिश्मा मानन्धरको लामो चुम्बन दृश्य त्यतिबेलाका पत्रपत्रिकाका लागि रम्रै मसाला भएको थियो। त्यसो त करिश्माले त्यसअघि चलचित्र ‘कस्तुरी’मा नायक अजयशेखरसँग पनि चुम्बन गरेकी थिइन्। त्यसपछि उनले चलचित्र ‘अरुणिमा’मा पनि नायक सरोज खनालसँग लामो चुम्बन दृश्य दिएकी थिइन्, जसलाई ‘राउन्ड ट्रली’ लगाएर खिचिएको थियो। यि सबै बितेका कुरा भए।वर्तमान नयिका अरुणिमा लम्साल ‘किसिङ क्विन’ हुने बाटोतर्फ अग्रसर देखिन्छिन्। उनले पछिल्लो पटक नायिका मेलिना मानन्धरका पति तथा चलचित्र नायक मुकेश ढकालसँग चुम्बन गरेकी छिन्। आफ्नो लेखनमा निर्मण भै प्रदर्शोन्मुख चलचित्र ‘दिपशिखा’मा पनि उनले नायक निरज बरालसँग चुम्बन गरेकि छिन्।
यती बेला नयक निखिल उप्रेती भने ‘किसिङ किङ’का रुपमा देखिएका छन्। उप्रेतीले ‘मिसन पैसा’मा नयिका स्नेहा शर्मा तथा ‘अभिमन्यु’मा अरुणिमा, पुजना तथ जेनिसँग उनले चुम्बन गरिसकेका छन्। निखिल भन्छन्- ‘चलचित्रको चुम्बन निर्देशकको चाहानामा निर्भर हुन्छ। उसले चुम्बन्को आवश्यकता सावित गर्न सक्यो भने मात्र म त्यसका लागि राजी भएको छु।नत्र मलाई अनावश्यक चुम्बन दृश्य दिने मन छैन।’भरतिय नायक इमरान हासमीको पथ पहिल्याएको हो कि?
भन्ने जिज्ञासामा नायक उप्रेतीले ठट्यौली पारामा भने- ‘उसले किसमा स्नातकोत्तर नै गरिसक्यो, म त भर्खर एबीसी पढ्दै छु।’ नायक दिलिप रायमाझीको बिचर पनि नायक उप्रेतिसँग मिल्दोजुल्दो नै छ। उनले भने- ‘मेरा बिगतका सुपर हिट लभस्टोरी चलचित्रमा एउटा पनि चुम्बन थिएनन्।चुम्बन् गर्नु नितान्त ब्यक्तिगत कुरा हो, जसलाई पर्दामा देखाउनु हम्रो सामाजिक परिवेशमा मिल्दैन। समय अनुसार आधुनिक हुनु ठिक हो, तर बर्षौदेखि हलिउडका चलचित्रमा देखाइएका चुम्बनजत्तिको दृश्य खिच्न सक्तैनौं भने ओठमा ओठ जोडेर गरिएको लिपकिसलाई टङकिस भन्दै हल्ल गर्नु बेकार हो।’ओठमा ओठ जोडेर होस वा नायकलाई नायिकाको कोमल गालामा ‘म्वाइँ’ खएर होस, कलिउडका चलचित्रमा माया-प्रेम देखाउन चुम्बन गराउनुपर्ने मानसिकता पहिले पनि थियो र अहिले पनि छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१