ड्रोनबाट उच्च गतिको इन्टरनेट उपलब्ध गराउँदै फेसबुक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ श्रावण २०७२, आईतवार ०५:५२
download (1)सोसल नेटवर्किङ कम्पनी फेसबुकले आफु विश्वका सबै भागमा इन्टरनेट पूराउने अभियानमा रहेको बताउँदै आएको छ र यो दिशामा उसले विभिन्न कार्यहरु समेत गर्दै आएको छ । यसैक्रममा फेसबुकले मानव रहित जहाज ड्रोन अर्थात् स्याटेलाइटको माध्यमबाट लेजर प्रविधि प्रयोग गरी उच्च गतिको इन्टरनेट उपलब्ध गराउने योजना बनाइरहेको छ ।
फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गले आफ्नो फेसबुक पेजमार्फत यस्तो खुलासा गरेका हुन् । शुक्रबार आफ्नो फेसबुक पेजमा जुकरवर्गले लेखेका छन्, ‘हाम्रो कनेक्टिभिटी ल्याबले एउटा लेजर संचार प्रणालीको विकाश गरिरहेको छ जसले आकाशबाट सिधै इन्टरनेट डाटालाई समुदायसम्म पूराउनेछ । यसले लामो दूरीमा इन्टरनेट डाटा पठाउने गति नाटकीय रुपमा बढ्नेछ ।’
फेसबुकले आफ्नो इन्टरनेट डट ओआरजी परियोजना मार्फत इन्टरनेटको पहुँचमा नरहेका मानिसहरुलाई ड्रोन तथा स्याटेलाइटको प्रयोगबाट इन्टरनेटसँग जोड्न चाहेको जुकरबर्गले बताए ।
फेसबुले केही निश्चित बजारहरुमा टेलिकम कम्पनीहरुसँगको सहकार्यमा इन्टरनेट डट ओआरजी परियोजना सुरु गरेको थियो । यो परियोजना अन्तरगत फेसबुकले विभिन्न विकाशोन्मुख तथा विकाशशील देशमा निशुल्क रुपमा कतिपय वेबसाइटहरु हेर्न सकिने सुविधा उपलब्ध गराउने योजना फेसबुकको रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१