जागिर पनि कस्तो ? वेश्या चाख्नुपर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ श्रावण २०७२, शनिबार १२:५२

Sex
यौनकर्मी महिलाहरुको टेष्ट गर्नुपर्ने जागिर । अर्थात् व्यवसायिक यौनकर्मी महिलाहरु कत्तिको उत्कृष्ट छन् र संसर्गका लागि योग्य छन् भनेर प्रयोगात्मक परीक्षण गर्नुपर्ने । सिधा भाषामा वेश्याहरु चाख्नुपर्ने । कस्तो अनौठो जागिर ? अहिले जर्मनीमा यहीँ अनौठो जागिरका लागि विज्ञापन खुलेको छ ।
जर्मनीको यौन व्यवसाय सम्बन्धि एक सोसल मिडिया कम्पनीले एक नयाँ पदका लागि विज्ञापन गरेको छ ।
कउफमिच डट कम Kaufmich.com नामक कम्पनीले फुलटाइम काम गर्ने ‘वेश्या चाख्ने’ अर्थात् प्रोस्टिच्युट टेष्टर कर्मचारी भर्ना गर्न लागेको घोषणा गरेको छ ।
कम्पनीले छनोट गर्ने प्रोस्टिच्युट टेस्टरहरुले जर्मनीका विभिन्न वेश्यालयहरुको भ्रमण गर्ने, त्यहाँको सेवा, सुविधा, सरसफाइका साथै सुरक्षित यौन व्यवहार लगायतका विषयमा समेत अनुगमन तथा मूल्यांक गर्नेछन् । साथै उनीहरुले ती वेश्यालयका व्यवसायिक यौनकर्मी महिलाहरुसँग अनिवार्य रुपमा यौन सम्पर्क गरेर उनीहरुले ग्राहकप्रति गर्ने व्यवहार, उनीहरुको यौन व्यवहार, सरसफाइ तथा यौन सन्तुष्टि प्रदान गर्नसक्ने क्षमता समेत जाँच्नेछन् ।
कउफमिच डट कमका प्रडक्ट म्यानेजरका अनुसार जर्मनीमा वेश्यालय खोल्नु कानूनी व्यवसाय भएपनि वेश्यालयहरुमा गुणस्तरको कमी छ । त्यसैले आफुहरु वेश्यालयका लागि टि्रप एडभाइजर बन्न चाहेको उनको दाबी छ । वेश्यालयका ग्राहकहरुले कउफमिच डट कम हेरेरै वेश्यालयहरुको गुणस्तर तथा सेवा सुविधा थाहा पाउन सक्ने र आफुलाई मन पर्ने वेश्यालयमा यौन सन्तुष्टिका लागि निर्धक्क भएर जानसक्ने अवस्थाको सिर्जना गर्न लागेको उनले बताएका छन् ।
वेश्या चाख्ने जागिर खान चाहने उमेद्वारहरु व्यवसाय विषयमा डिग्री हासिल गरेको हुनुपर्ने, पूर्ण रुपमा स्वस्थ रहेको प्रमाणपत्र पेश गर्नुपर्ने तथा प|mेन्च भाषा समेत फरर बोल्नसक्ने हुनुपर्नेछ । साथै वेश्यालयका क्रियाकलापमा अनुभव हासिल गरिसकेकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।
अहिलेसम्म यो जागिरका लागि १ सय ५० जनाले आवेदन दिइसकेका छन् । ती मध्ये धेरैजसो जर्मनीका नागरिक भएपनि बेल्जियम, नेदरल्याण्ड र बेलायतीले पनि आवेदन दिएका छन् ।
सन् २००९ मा तिनभाइले खोलेको वेबसाइट कउफमिच डट कम पछिल्लो समय लोकपि्रय हुँदै गएकेा छ । जर्मनीको यौन उद्योगलाई सुधार गर्ने तथा स्वतन्त्र यौनकर्मीको लागि समेत बजारको सिर्जना गर्ने लक्ष्य यसले राखेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१