चर्चित भएर पनि फिल्मफेयर अवार्ड नपाएका सेलिब्रेटिहरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ श्रावण २०७२, शनिबार १२:४७

चर्चित भएर पनि फिल्मफेयर अवार्ड नपाएका सेलिब्रेटिहरु ।काठमाण्डौ ।
बलिउडमा सबैभन्दा ठूलो अवार्ड फिल्मफेयर अवार्डलाई मानिन्छ । राम्रो कामको लागि कलाकारलाई फिल्मी अवार्ड दिइन्छ र हरेक राम्रा कलाकार आप्mनो जिन्दगीमा यसलाई पाउने इच्छा राख्छन् । हेनुहोस् मान्छेका मन मुटुमा बस्न चाही सकेका तर यो अवार्ड पाउन नसकेका त्यस्ता केही कलाकारहरुको बारेमा हामी चर्चा गर्दैछौ ।
धर्मेन्द्र
धर्मेन्द्र आफ्नो दमदार अभिनय भएका र नाम चलेकै कलाकार हुन जो उनको पुस्ताका कलाकारहरुमध्ये पहिलो दर्जाकै कलाकार मानिन्छन्  र पनि उनलाई आजसम्म एउटा फिल्मफेयर अवार्ड मिलेको छैन । ‘सोले’‘चुपके चुपके’,‘सीता और गीता’,‘मेरे हमदम मेरे दोस्त’,‘बंदिनी’ जस्ता फिल्ममा दमदार अभिनय गरेर हरेकको मन जित्न सफल कलाकारले आफ्नो यात्रालाई फिल्म फेयर अवार्डसम्म पुर्याउन सकेनन् ।
धर्मेन्द्र कयौं पटक फिल्मफेयर अवार्डको लागि छनौटमा त परे तर झोला जहिले पनि रित्तै भयो । धेरै समय पछि १९९७ मा लाइफ टाइम अचिभ्मेन्ट अवार्ड मिल्यो । त्यही क्रममा धर्मेन्द्रले बलिउडको आफ्नो अनुभव बताए र यो पुरस्कार लिन मलाई ३७ वर्ष पर्खनु प¥यो भन्ने कुरा व्यक्त गरे ।
अक्षय कुमार
अक्षयकुमार बलिउडमा फिल्मफेयर अवार्ड नपाउने अर्का कलाकारको नाम हो । १०० भन्दा बढी फिल्ममा अभिनय गरेतापनि अहिले सम्म यो पुरस्कारको लागि उनको नाम छनौटमा परेको छैन ।


सोनम कपुर
बलिउड नायक अनिलकपुरकी छोरी को नामपनि अहिले सम्म छनौटमा परेको छैन । बलिउडमा फेशन क्वीनको नामले चर्चित सोनमको ‘राझणा’ र ‘भाग मिखा भाग जस्ता  फिल्म हिट भए बलिउडमा जग त बलियै बस्यो तर अवार्डको लागि नाम छनौट हुन सकेन । उनले ‘साँवरीया’बाट अभिनय यात्रा शुरुगरेकी थिइन । शाहरुख खानको ओम शान्ती ओमबाट भने नराम्रो सँग पछाडि परिन् । त्यही समय दीपिका पादुकोण ले त्यही फिल्मबाट अभिनय यात्रा शुरु गरिन र  अवार्ड पनि जितिन तर फिल्मसमिक्षाले साँवरीया मा सोनमको अभिनयलाई असाध्यै रुचाएपनि फिल्न नचल्नाको कारण सोनमलाई अवार्डको लागि पर्खनु प¥यो ।

कटरीना कैफ 
बलिउडका चर्चित नम्बर मध्येकी एक कलाकारको नाम हो । यीनको नाम चौथो नम्बरमा छ ।  ‘बूम’बाट अभिनय यात्रा शुरु गरेकी कटरीनाले फ्लप फिल्म ‘बुम’ पछि कयौं हिट फिल्म दिइन । कटरीनाको केही गीत जस्तै ‘शिलाकी जवानी’ र ‘चिकनी चमेली ’ पनि हरेक मानिसको मुखमा झुण्डिन सफल र चर्चित गीत रहे । कयौ फिल्ममा गरे पछि न्यूयोर्कको लागि सफल अभिनय फिल्म फेयर अवार्डको लागि छनौट भएकी थिइन् । तर अवार्ड भने हातपार्न सकिनन् ।

गोविन्दा
१९८६ मा फिल्म‘इल्जाम’ बाट अभिनय यात्रा शुरुवात गरेका गोविन्दाले आज सम्म १४० फिल्ममा काम गरी सकेका छन्   । गोविन्दा आफ्नो दमदार अभिनयको लागि नाम चलेका कलाकार हुन । ९० को दशक मा हिट फिल्मको पर्याय बनी सकेको छ । गोविन्दालाई उनको कमेडी प्रस्तुतीको को लागि  पनि सबैले मन पराएका कलाकार हुन् । आफ्नो अभिनयमा १२ पटक बेस्ट अभिनेता को लागि छनौट पनि भएका थिए । यस बिच गोविन्दालाई फिल्म ‘साजन चले ससुराल’ को लागि उत्कृष्ठ कमेडियन फिल्म अवार्ड त मिल्यो तर आजसम्म अभिनयको लागि एउटा पनि फिल्मफेयर अवार्ड मिलेको छैन ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१