मोडलिङको दिनमा यस्तो देखिन्थीन् कटरिना कैफ (बर्थ डे स्पेशल)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ श्रावण २०७२, शनिबार ०५:४२

5fb5e7db5ddec94f3bd50c586c935edf काठमाण्डौ ।
बलिउडमा धेरै यस्ता अभिनेत्रीहरु छन् जसले आफ्नो करियर मोडलिङबाट सुरु गरेका थिए । तिनै मध्येकी एक हुन् कटरिना कैफ । जुलाई १६ मा कटरिना कैफको जन्मदिन हो र जन्म दिन स्पेशलमा हामी कटरिनाका बारेमा केहि लेख्दैछौ ।

कटरिनालाई मोडलिङमा एक पहिचान बनाईसकेपछि मात्र फिल्ममा ब्रेक मिलेको थियो । बलिउडमा फिल्म बुमबाट उनको करियर सुरु भएको थियो । मोडलिङको समयमा उनि सामान्य देखिन्थीन् तर पछि सफलता सगँसगै उनको स्टाईलमा पनि परिवर्तन आयो र उनि स्मार्ट देखिन थालिन् ।
सन् १९८४ जुलाई १६ मा जन्मीएकी कट्रीना कैफका पिता कश्मिीरी हुन् भने आमा ब्रिटिस ।

कटरिना सानो छँदा नै उनका आमा र बुबाको डिभोर्स भएको थियो । कटरिनाको बचपन पनि धेरै देशहरुमा घुमेर बितेको थियो । जसले गर्दा उनि कहिल्यै पनि स्कुल जान पाईनन् । कटरिनाले लडंनमा हुदा देखि नै मोडलिङ सुरु गरेकी थिईन् ।

लडंनमा नै उनलाई फिल्म निर्माता कैजाद गुस्तादले एक फैसन शो मा देखेर आफ्नो फिल्म बुमको लागि साईन गरेका थिए । बुमपछिको उनको फिल्मी यात्रा भने अहिलेसम्म पनि सफल देखिन्छ ।modling 1

प्रतिक्रिया