सवारी चाप न्यूनिकरणका लागि जापानले थानकोटमा सुरुङमार्ग बनाउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ जेष्ठ २०७१, शनिबार १३:०५

काठमाडौँ,१७ जेठ ।amboli-ghat जापान सरकारले थानकोटमा सुरुङमार्ग बनाउन सघाउने भएको छ। नेपालका लागि जापानी राजजूत मासामी ओगावाले जापान सरकारले त्रिभुवन राजमार्गमा हालको अव्यवस्थतालाई सुरुङमार्गले सहज बनाउन मद्दत गर्ने विश्वास गरेका छन्।

देशभित्र तथा बाहिरी सवारी आवागमनमा मात्र होइन् अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको त्रिभुवन राजपथको थानकोटखण्डको अस्तव्यस्थताले यात्रुले कष्ट उठाउनुपरेको छ।

त्रिभुवन राजपथ काठमाडौंलाई बाँकी देशसँग जोड्ने सवैभन्दा सहज राजमार्ग हो। यो राजमार्गको प्रयोग गरेर दैनिक हजारौं यात्रु काठमाडौं आवतजावत मात्र गर्दैनन् दैनिक उपभोग्य सामान एंव देशको महत्वपूर्ण व्यापारको ठूलो मात्रा यो राजमार्गबाटै भित्रिन्छ।

‘जापान सरकार नेपाली जनताको सहज आवागमनका लागि थानकोटमा २ दशमलव ३ किलोमिटर सुरुङमार्ग निमार्णमा सहयोग गर्न चाहन्छ’ उनले भने ‘जापान सरकारसँग अत्याधुनिक प्रविधि भएकाले जापान प्रविधि हस्तान्तरण गर्न चाहन्छ।’ अघिल्लो साता भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयका सचिव तुल्सीप्रसाद सिटौलाको नेतेत्वमा नेपाली टोली सुरुङमार्गका लागि प्राविधिक र सैद्धान्तिक ज्ञान हासिल गर्न आठ सदस्यीय टोली जापान गएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१