नेपालका लागि टी–ट्वेन्टी विश्वकप क्रिकेट सपना बन्दैं, फेरी बाहिरिने सम्भावनामा नेपाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ श्रावण २०७२, शुक्रबार १७:४२

टी-ट्वेन्टी विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा नेपाल पपुवा न्युगिनीसँग ८ विकेटले पराजित भएको छ । यो पराजयसँगै नेपालको विश्वकपमा छनोट हुने सपना करिब समाप्त भएको छ । नेपालले दिएको ९४ रनको लक्ष्यसहित जबाफी ब्याटिङमा उत्रेको पपुवा न्युगिनीले १४.१ ओभरमा ९९ रन बनाएपछि नेपालको विश्वकपमा पुग्ने सपना तुहिने अवस्थामा पुगेको हो ।

नेपालले प्रतियोगितामा अन्तिम खेल जर्सीसँग खेल्ने छ । सो खेल जितेरमात्रै नेपाललाई अघि जान पर्याप्त हुँदैन । नेपाल प्लेअफमा पुग्नका लागि हङकङ र जर्सीले आफ्ना बाँकी सबै खेल गुमाउनुपर्छ भने, अमेरिकाले हङकङबाहेक अन्यलाई जित्नु हुँदैन । यस्तै आयरल्याण्ड, नामिबिया र पपुवा न्युगिनी बाँकी सबै खेलमा विजयी हुनपर्छ । यतिभएमा मात्रै नेपालको सम्भावना कायम रहनेछ ।

nepali criपहिलो खेलमा अमेरिकालाई हराउँदै सुखद् सुरुवात गरेको नेपालले त्यसपछि साविकको प्रदर्शन गर्न सकेन । दोस्रो खेल वर्षाले प्रभावित भएपछि नामिबियासँग अंक बाँढेको नेपाल त्यसपछिका खेलमा लगातार आयरल्याण्ड, हङकङ र पपुवा न्युगिनीसँग पराजित भयो । प्रतियोगिता अन्तर्गत शुक्रबार भएको निकै महत्वपूर्ण खेलमा नेपाल पपुवा न्युगिनीसँग ८ विकेटले निरास बन्यो । नेपालले प्रस्तुत गरेको ९४ रनको झिनो लक्ष्य पीएनजीले ३५ बल अगाबै २ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि सोमपाल कामी तथा वसन्त रेग्मीले १–१ विकेट लिएपनि त्यो जीतका लागि पर्याप्त भएन । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित भन्दा २ बल अगावै अलआउट हुँदै ९३ रन जोडेको थियो । नेपालको पारीमा प्रदिप एेरीले सर्वाधिक २९ तथा सागर पुनले १५ रनको योगदान गर्नु बाहेक अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । पुन र एेरीका अलावा सरद भेसवाकर ११, राजेश पुलामी ७, पारस खड्का ५, विनोद भण्डारी र सोमपाल कामी समान ४,ज्ञानेन्द्र मल्ल २ तथा वसन्त रेग्मी १ रनमा आउट भए । शक्ति गौचन ६ रनमा अविजित रहेको पारीमा करण केसीले खानासमेत खोल्न सकेनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१