नेपाल आगामी वर्ष भारतमा हुने टी-२० विश्वकप क्रिकेट गुमाउने लगभग लगभग पक्का भएको छ । कमजोर प्रदर्शन जारी राखेको नेपालले शुक्रबार पिएनजीसँग ८ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिने निश्चित भएको छ । विश्वकपको सम्भावना कायम राख्न अब नेपालले अन्तिम खेलमा जर्सीलाई मात्र हराएर पुग्दैन, हङकङले सबै खेल गुमाउनुपर्छ ।
प्रतिक्रिया