दुर्गममा बिजुली बलेपछि स्थानीय खुसी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ श्रावण २०७२, शुक्रबार १७:०२

loadजाजरकोट, १ साउन । यहाँको एक दुर्गम गाउँमा बिजुली बलेपछि स्थानीयवासी खुसी भएका छन् । जिल्लाको लहँ गाविस–४ मा बागमारे साना लद्यु जलविद्युत् योजना निर्माण पछि यहाँ बिजुली बलेको हो । लहँका वडा नं २, ३ ४ र ५ का ४७३ घरधुरीलाई विद्युत् सेवा पुगेको निर्माण समितिका अध्यक्ष लक्ष्मीबहादुर रावलले जानकारी दिनुभयो । श्रमदानसहित रु दुई करोड ८० लाख बराबरको लागतमा यो विद्युत् निर्माण भएको रावलले जानकारी दिनुभयो । सो याजनाबाट पैतालीस किलोवाट विद्युत् उत्पादन गरिएको छ । गाविस, जिविस, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, आस्था नेपाल, लापाको आर्थिक सहयोगमा यो योजना निर्माण गरिएको हो । सल्लाको दियालो बाल्दै आएका यहाँका स्थानीय आजदेखि विद्युत् सेवा उपभोग गर्न पाएपछि निकै खुसी भएको स्थानीय विजय रावलले बताए । बिजुली बलेपछि घरघरमा टिभी र विद्यालयमा कम्प्युटरबाट पढाइ हुने भएपछि यहाँका स्थानीयवासी दङ्ग भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१