नेपाल ९३ रनबाटै बाहिरियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ श्रावण २०७२, शुक्रबार १६:१९

टी-२० विश्वकप छनोट क्रिकेटमा पपुवा न्यूगिनीविरुद्ध नेपाल ९३ रनमा आउट भएको छ । टस हारेर पहिले ब्याटिङमा उत्रेको नेपालका लागि ओपनर प्रदीप एेरीले सर्वाधिक २९ रन बनाए । त्यसैगरी ओपनर सागर पुन १५ रनमै आउट भए । अन्य ब्याट्सम्यानले गतिलो स्कोर गर्न नसक्दा नेपाल कम्जोर सावित भएको हो । भरपर्दा ब्याट्स म्यान तथा उपकप्तान ज्ञानेन्द्र मल्ल पनि असफल भए । उनी ७ बलमा २ रन बनाएको अवस्थामा आउट भए ।

parasत्यसपछि पनि नेपालको विकेट पतन जारी रह्यो । नेपालका लागि २९ रन बनाएको अवस्थामा प्रदीप एेरी आउट भए । त्यसलगत्तै कप्तान पारस खड्का ५ रनको स्कोरमा क्याच आउट भए । शरद भेसवकारकले पनि जादु चलाउन सकेनन् । उनी पनि १५ बलमा ११ रन बनाएको अवस्थामा पबेलियन फर्के। त्यसपछि विनोद भण्डारी पनि टिक्न सकेनन् । उनी पनि २ बलमा ४ रन बनाउँदै आउट भए । बसन्त रेग्मीले २ रन मात्र जोडे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१