छोरालाई दहीमा बिष दिएपछि महिलाले लगाइन पासो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ जेष्ठ २०७१, शनिबार १२:५९

दाङ,१७ जेठ । 480X320_1f3c7b8ce79a48edbea5ad6f17981fffदाङमा एक महिलाले छोरालाई विष खुवाइ आफूले पनि आत्महत्या गरेकी छिन् । सौडियार–८ बेलारी बस्ने २८ वर्षीया पवित्रा के.सी.ले आफ्नै ८ बर्षीया छोरालाई बिषादी खुवाई आफुले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
८ वर्षीय छोरा बिक्रम के.सी.लाई दहीमा बिषादी मिलाएर खुवाई बेहोस बनाई आफुले घर भित्र रहेको बलोमा डोरीको पासो लगाई उनले आत्महत्या गरेकी थिइन् । बालकलाई उपचारको लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा लगिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१