टी-ट्वेन्टीमा नेपालको फेरी पनि कमजोर प्रदर्शन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ श्रावण २०७२, शुक्रबार १५:४७

nepali-criceterटी-ट्वेन्टी विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले लगातार रुपमा आफ्नो विकेट गुमाइरहेको छ । नेपालका ओपनर सागर पुन १५ रनमा आउट भएको अवस्थामा उपकप्तान ज्ञानेन्द्र मल्ल ७ बलमा २ रन बनाएको अवस्थामा आउट भए । त्यसपछ पनि नेपालको विकेट पतन जारी रह्यो । नेपालका लागि २९ रन बनाएको अवस्थामा प्रदीप एेरी आउट भए । शरद भेसवाकर १५ बलमा ११ रन बनाएर आउट भएका छन् ।

त्यसलगत्तै कप्तान पारस खड्का ५ रनको स्कोरमा क्याच आउट भए । नेपालले ताजा अवस्थामा १० ओभर खेल्दै ४ विकेटको क्षतिमा ७२ रन बनाउन सफल भएको छ । अहिले नेपालको ब्याटिङ शरद भेसवाकर र राजेश पुलामीले सम्हालिरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१