काठमाडौँ,१७ जेठ । अवैध रुपमा खासा लान लागेको अमेरिकी डलरसहित एक चिनियाँ नागरिक सीमा प्रहरी कार्यालय तातोपानीले पक्राउ गरेको छ ।
काठमाडौँबाट चीनको खासातर्फ जाँदै गरेका हेङजेहङ नाम गरेका चिनियाँ नागरिकलाई १० हजार अमेरिकी डलरसहित नियन्त्रणमा लिएको सीमा प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोज लामाले जानकारी दिए ।
चिनियाँ नागरिकलाई अमेरिकी डलरसहित आन्तरिक राजस्व विभागमा बुझाइएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया