‘कम्प्युटर बिलिङ सिस्टम’ सञ्चालनमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ श्रावण २०७२, शुक्रबार १३:००

कञ्चनपुर, १ साउन । छिटो छरितो रुपमा सेवा प्रवाह गर्नका लागि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकाले ‘कम्प्युटर बिलिङ सिस्टम’ सञ्चालनमा ल्याएको छ । नगरपालिकाले एकै ठाउँबाट सेवाग्राहीलाई मालपोत तिर्न, नगदी कारोबार गर्न र चेक भुक्तानी गर्न सजिलो होस् भनेर सो सेवा सञ्चालनमा ल्याएको हो । तीनवटा कम्प्युटरमा मालपोत, नगदी र लेखा खर्च बारेको सफ्टवेयर जडान गरी सेवा सञ्चालनमा ल्याइएको नगरपालिकाका कार्यकारी अधिकृत रघुनाथ अवस्थीले बताए ।

compकम्प्युटर बिलिङ सिस्टम सञ्चालनले सेवाग्राहीलाई सेवाप्रवाह गर्न सहज, राजस्व चुहावटमा नियन्त्रण, लेखामा शुद्धता, एकरुपता हुने उनले बताए । मालपोत तिर्ने सेवाग्राहीको तीनपुस्ते अभिलेखसहित जग्गाको पूर्ण विवरण कम्प्युटरमा राखिएकाले रसिद बोकेर सेवाग्राहीले मालपोत तिर्नका लागि अबदेखि आउनु पर्दैन उनले भने, ‘कर्मचारीलाई समेत सेवा दिन सहज हुन्छ ।’ विगतमा हातैले रसिद र चेक भुक्तानी गर्दा सेवाग्राहीको चापले गर्दा घन्टौँ कुर्नुपर्ने अवस्था रहेको थियो । अधिकृत अवस्थीले भने, ‘कम्प्युटर बिलिङ सिस्टम लागू भएपछि सेवाग्राहीले छिटो सेवा पाउँछन् ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१