नेपालको आज अग्नि परिक्षा, नेपाललाई जित्नै पर्ने दबाब

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ श्रावण २०७२, शुक्रबार १२:४५

टी–ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा नेपालले शुक्रबार पपुवा न्यूगिनीविरुद्ध खेल्दैछ । ‘गर या मर’को स्थितिमा रहेको नेपालले प्रतियोगितामा जीवित रहने खेल जित्नैपर्ने दबाब छ । आयरल्यान्डको डब्लिनमा हुने खेल नेपाली समयअनुसार पौने तीन बजे सुरु हुनेछ । नेपालले आफ्नो खेल जित्नका लागि आफ्नो ब्याटिङ लाइनअफ सुधार गर्नुपर्ने देखिन्छ । नेपाल र पपुवा न्युगिनीबीच अहिलेसम्म टी–ट्वान्टी क्रिकेटमा तीनपटक प्रतिस्पर्धा भएको छ । जसमा नेपालले २ खेल जित्दा पपुवा न्यूगिनले १ खेल जितेकोछ । २०१२ मा पपुवा न्युगिनीले नेपाललाई ३५ रनले पराजित गरेको थियो ।

nepali-criceterप्लेअफमा नेपालले ६ विकेटको जित हात पारी त्यसको बदला लिएको थियो । प्रतियोगिताको बलियो टोली आयरल्याण्डलाई पराजित गरेको पपुवा न्यूगिनी उच्च मनोबलमा छ । उच्च मनोबलमा रहेको पपुवा न्यूगिनीसँग भिडन्त गर्न मैदान ओर्लने नेपाल भने दबाबमा छ । पपुवा न्यूगिनी प्रतियोगितामा अपराजित टीम पनि हो । बुधवार हङकङसँग पराजित भएपछि नेपाल सन् २०१६ मा भारतमा हुने विश्वकप टी–ट्वान्टीका लागि छानिने सम्भावना न्यून बनेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१