लसएन्जलस अमेरिका । बिदेशी भूमिमा पनि कला संस्कृति र आफ्नो जातजातिको जगेर्ना गर्ने क्रम बढ्दो छ । बिभिन्न मुलुकमा पुगेका नेपालीहरु आफ्नो पहिचान उजागर गर्न निकै उत्साहित रहने गरेको विभिन्न कार्यक्रमहरुबाट पुष्टि हुन्छ यस्तै अमेरिकाको क्यालिफोर्नियाको लसएन्जलसमा रहेको नेवा: अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया पनि एक हो ।
नेवा: अर्गनाइजेशन साउदर्न क्यालिफोर्नियाच्याप्टरको १२ जुलाईमा भएको साधारण सभाबाट दुर्गालाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरिएको छ । उक्त कार्यसमितीमा प्रविणमान श्रेष्ठ-उपाध्यक्ष, बिमल श्रेष्ठ -महासचिव, नारायण श्रेष्ठ -सचिव, कन्हैया श्रेष्ठ –कोषाध्यक्ष र सदस्यहरुमा रबिन श्रेष्ठ, सुरेश श्रेष्ठ, गजिन्द्र रंजित, योगेन्द्र श्रेष्ठ, ई कुमार श्रेष्ठ रहेका छन ।
सोही सभाले सल्लाहाकारहरुमा निबर्तमान अध्यक्ष दिल बहादुर श्रेष्ठ र सोभित भारिलाई चयन गरेको छ। कार्यक्रममा संस्थाको प्रगति प्रतिबेदन निबर्तमान अध्यक्ष दिल बहादुर श्रेष्ठ, बार्षिक प्रतिबेदन दुर्गा श्रेष्ठ र आर्थिक प्रतिबेदन बिमल श्रेष्ठले प्रस्तुत गरेका थिए । बिगत केही बर्ष देखि नेवारी समुदायको कला र संस्कृतिको जगेर्ना गर्दै रक्तदानको निरन्तरता सहित बिभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएकोमा नबनिर्बाचित कार्यसमितीले अझ बढी प्रभावकारी ढंगले वार्षिक कार्ययोजना बनाएर सस्थालाई बलियो बनाउन प्रयत्न गर्ने नव निर्वाचित अध्यक्ष दुर्गालाल श्रेष्ठले बताए। सो अवसरमा अध्यक्ष श्रेष्ठले सस्थालाई यहाँ सम्म ल्याउन अहम भूमिका खेल्ने निबर्तमान अध्यक्ष दिल बहादुर श्रेष्ठ लगायत सम्पूर्ण नेपाली समुदायलाई हार्दिक धन्यवाद प्रकट गरेका थिए।
प्रतिक्रिया