वालवालीका सरसफाई कार्यक्रम सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ श्रावण २०७२, शुक्रबार ११:५५

एस.पी.गौरब
सर्लाही, १ साउन । सर्लाहीको नेत्रगञ्जमा आज एक दिने सरसफाई सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेत्रगञ्ज गाविसको सहयोग तथा श्री नन्देश्वर वालवालीका ल्कवको आयोजनामा भएको कार्यक्रममा विभिन्न किसिमका वालवालीकाहरुलाई सरसफाई ,चर्पीको प्रयोग,चर्फी पछि हात धुनु पर्ने,गाउँ टोल तथा छिमेकको सरसफाई लगायतका सम्बन्धमा कार्यक्रम मार्फत जानकारी गराईएको हो । श्री नन्देश्वर वालवालीका ल्कवका अध्यक्ष सिता महत्तोको सभापतित्वमा भएको कार्यक्रममा नेत्रगञ्ज गाविसका गाविस सचिव गोपाल थापाले प्रमुख अतिथ्यता जनाउनु भएको थियो । कार्यक्रममा जिल्ला वालवालीका कल्याण समितिका प्रमुुख अम्बिका पौड्याल,जिल्ला महिला तथा वालवालीका कार्यलय मलंगवा सर्लाहीका प्रमुख निर्मला दाहाल लगायतले विशेष अतिथ्यता जनाउनु भएको थियो ।

sarगंगा खड्का,अर्चना झा, कविता कार्की, सुचिता महत्तो लगायतले अतिथ्यता जनाएका थिए । श्री नन्देश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लि.नेत्रगञ्ज ७ को सभाहलमा भएको कार्यक्रमको गोपाल बि.क तथा अम्बिका पौड्यालले सहजीकरण गर्नु भएको थियो ।कार्यक्रममा सहभागी बालवालीकाहरुलाई वालवालीका हक अधिकार भनेको के हो ? संविधानमा आफ्नो हक अधिकारका कुरा कसरी उठाउने ? भन्ने बारेमा जानकारी गराईएको छ । वालवालीका सरसफाई सम्बन्धी १ दिने अन्र्तक्रिया नाम दिएको कार्यक्रममा करिब १२० जनाको सहभागीता रहेको कार्यक्रममा सहभागी अर्चना झाले जानकारी दिनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१