निमावि तहको लाईसेन्सको नतिजा सार्वजनिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ श्रावण २०७२, शुक्रबार ११:२८

tsc-edukhabarभक्तपुर १ साउन । शिक्षक सेवा आयोगले लिएको निम्न माध्यामिक विद्यालय तहको अध्यापन अनुमतिपत्र लाईसेन्सको नतिजा सार्वजनिक भएको छ । परीक्षामा सम्मिलित ९० हजार २३ जना परीक्षार्थी मध्ये २८ हजार २ सय ९२ जना उत्तीर्ण भएको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले बताए । यो ३१ दशमलव ४३ प्रतिशत हो । ७ सय १९ जनाको परीक्षा रद्ध भएको छ । परीक्षा गएको फागुन १७ गते भएको थियो । परीक्षाका लागि ९८ हजार २७ जनाले फारम भरेका थिए । मुस्ताङ्बाट परीक्षामा सहभागी २२ जना मध्ये १ जना पनि उत्तीर्ण नभएको मरहठ्ठाले जानकारी दिए । हाल सम्म करीब ६ लाख जनाले अनुमतिपत्र प्राप्त गरेको आयोगले जनाएको छ । नतिजा आयोगको वेभसाईट http://www.tsc.gov.np/site/results  बाट थाह पाउन सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१