एक आमालाई आफ्ना सन्तानले कुनै अश्लिल पत्रपत्रिका नपढून्, अश्लिल चलचित्र नहेरुन्, त्यसमा नग्न महिला देखेर महिलालाई हेर्ने दृष्टिकोण नराम्रो नबनाउन् भन्ने चिन्ता लाग्यो । उक्त चिन्ता भगाउन उनले क्रान्तिकारी उपाय अपनाएकी छिन् । के हो त त्यस्तो उपाय ?
सुनौं तिनै आमाको बयान :
म आफ्ना चार छोराहरुसँग बस्दछु । उनीहरु अहिले सानै छन् । उनीहरु कति वर्षका भए ? तपाई यसरी पनि अन्दाज लगाउन सक्नुहुन्छ कि मलाई अहिले उनीहरुले कुनै अश्लिल पत्रिका ओछ्यानमुनि लुकाएका छैनन् वा लुकी लुकी अश्लिल चलचित्र हेरेर इन्टरनेटमा सर्च हिस्ट्री मेटेका छन् कि भन्ने चिन्ता छैन । मलाई खुसी छ कि तत्काल उनीहरु यस्ता जिज्ञासाको चक्करमा फसिसकेका छैनन् ।
तर, म कल्पना गर्न सक्छु कि छिट्टै नै मैले यस्ता समस्याहरु झेल्नुपर्नेछ । सायद मैले कल्पना गरेभन्दा छिट्टै । (मेरो मतलब मैले त २५ वर्षको उमेरसम्म सेक्सको बारेमा सोचेको पनि थिइन)
यसकारण म चाहन्छु कि मेरो बच्चाहरुले मलाई निर्वस्त्र देखून–
१. किनकी यदि मैले यस्तो गरिन भने थाहा छैन उसले कुन निर्वस्त्र आइमाईलाई नांगै देख्नेछ । सायद कुनै म्यागजिन वा कुनै फिल्म, जसको शरीर काम नलाग्ने हुन पनि त सक्छ । त्यसबाट उनीहरुले के अपेक्षा गर्नेछन् । उनीहरु महिलाबारे कस्तो छवि बनाएर बस्नेछन् ?
२. म चाहन्छु कि मेरो पेटमा कस्तो निशानी छ भनेर छोराहरुले सोधून् । र, म गर्वका साथ भन्न सकूँ एक बच्चालाई गर्भाधान गरेर जन्माउनु कति कठिन काम हो । हुनसक्छ, उनीहरुले मेरो गिलो पेट थिचून तर, म बताउन चाहन्छु कि म उनीहरु हुर्काउने मूल्यमा यही शरीरसँग खुसी छु ।
३. म चाहन्न कि उनीहरु कुनै महिला पुष्ट परेका स्तनलाई नै आदर्श मानून्, जसलाई कुनै म्यागाजिनको लागि डिजीटल्ली बनाइएको हुन्छ । उनीहरुलाई थाहा हुनुपर्छ कि महिलाको स्तन बदलिन्छ, खासगरी बच्चालाई जन्म दिएपछि ।
४. मेरो यस्तो प्रयासका कारण मेरा बच्चाहरुले आफैं बुझ्नेछन् र मेरो शरीर ढाक्न अनुरोध गर्नेछन् भन्ने मलाई विश्वास छ । एउटा यस्तो समय आउनेछ, जब उनीहरु मेरो कोठामा आउँदा ढोका ढकढक गर्नेछन् । त्यतिबेलासम्म म उनीहरुलाई छुट दिन चाहन्छु कि उनीहरु मेरो शरीर छोएर हेरुन् ।
यिनै अनुभवहरुका साथ जब उनीहरु विवाह गर्नेछन्, केही समयपछि जब उनीहरुका पत्नीहरुले भन्नेछन्, ‘वास्तवमा हाम्रो खुट्टा केही सानो छ ।’ तब मेरा छोराहरुको जवाफ हुनेछ, ‘जस्तो छ असाध्यै उत्तम छ ।’
(अमेरिकाको आयोवामा बस्ने रीटा टेम्पलटनको यो विचार हफिंगटन पोस्ट अनलाइनमा प्रकाशित भएको थियो)
प्रतिक्रिया