काठमाडौं, १ साउन । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपालको दोस्रो कार्यसमिति बैठक सम्पन्न भएको छ। नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागितामा उक्त बैठक सम्पन्न भएको हो। गत वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका पराकम्पहरूले नेपालको पर्यटन क्षेत्रमा पुर्याएको नकारात्मक असर र यसको पुनरुत्थानका उपायहरुको बारेमा छलफल गर्दै नेपालको पर्यटन क्षेत्रको पुनरुत्थान एव पुनर्ताजगीका लागि आगामी आर्थिक वर्ष २०७२/०७३ का लागि विभिन्न योजनाहरुको तर्जुमा गरी लागू गर्ने निर्णय गरेको छ ।
जसमा विश्व सगरमाथा दिवसको अवसर पारेर आगामी मे २९, २०१६ का दिन नेपाल सरकार र पाटा इन्टरनेशनलको सहकार्यमा पाटा नेपालले हिमालयन भ्रमण मेलाको आयोजना गर्ने, भूकम्पपछि नेपालको पर्यटन क्षेत्रको पुनरुत्थान र प्रचार अभियानलाई टेवा पुर्याउने उद्देश्यले पाटा नेपालले विश्वभरका टुर अपरेटरहरुको बीचमा फ्याम ट्रिप अर्थात ‘घुलमिल कार्यक्रम’को संयोजन गर्ने, नेपालको पर्यटनको पुनरुत्थानमा सहयोग पुगोस भन्ने उद्देश्यले पाटा नेपालले ब्लगर सम्मेलनको समेत आयोजना गर्ने लगायतका रहेका छन् ।
प्रतिक्रिया