हलिउडकी चर्चित पपगायिका मेडिनाको नयाँ एल्बम रेबल हार्टमा समाबेश एक गीत लिक गर्ने व्यक्तिलाई गिरफ्तार गरिएको छ। उनको गीत लिक गरेको एडी लेडरम्यान भन्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरिएको अमेरिकी समाचारमाध्यमहरुले जनाउका छन् । एडी प्रसिद्ध अमेरिकी रियालिटी सो अमेरिकन आइडलको इजरेली संस्करणका सहभागी रहिसकेका छन्। एडीले मेडोनाको रेबल हार्ट एल्बम लिक गरेको अभियोगमा १४ महिना जेल सजाय तिकिएको छ। यसका साथै चार हजार डलरको जरिवाना पनि तोकिएको छ। एडीले पनि आफ्नो अपराध स्वीकार गरेका छन्। यसका लागि मेडोनाले एफबिआइलाइ धन्यवाद दिएकी छन्।
प्रतिक्रिया