खेल हो तल माथि भैरहन्छ : पारस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ श्रावण २०७२, शुक्रबार १०:२५

ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट प्रतियोगिता खेलिरहेको नेपाली टिमका कप्तान पारस खड्काले अहिलेसम्म पनि आफूहरुले क्षमता अनुसारको प्रदर्शन गर्न नसकेको बताएका छन् । प्रतियोगिताको समुह चरणका चार खेल सकिँदासम्म पनि आफूहरुले खेलको लय समात्न नसकेकाले क्षमता अनुसारको प्रदर्शन गर्न नसकेको बताएका हुन् । क्रिकेट सम्बन्धी वेवसाइट इएसपिएन क्रिकइन्फोलाई दिएको अन्तर्वातामा कप्तान पारसले अबका खेलमा आफूहरुले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् । ‘खेल हो यसमा तल माथि भैरहन्छ, तर हामीले हाम्रो क्षमता अनुसारको खेल मैदानमा खेल्न सकिरहेका छैनौं’ उनले भने ‘अबका खेलमा हामी लय समात्दै राम्रो प्रदर्शन गर्नेमा आशावादी छौं ।’

parsa समुह एमा रहेको नेपाल समुह चरणको चार खेल सकिँदासम्म तीन अंक सहित तालिकाको पाँचौं स्थानमा छ । प्रतियोगितामा सहभागी सबै १४ टिम सन् २०१६ मा भारतमा हुने ट्वेन्टी–ट्वेन्टी विश्वकपमा स्थान बाउन संघर्षरत रहेको पारसले बताए । नेपाली टिमले पनि विश्वकपको यात्रा तय गर्नका लागि संघर्ष गरिरहेको उनले बताए । ‘हाम्रा लागि अवस्था केही कठिन भएको छ तर संभावना सकिएको भने छैन’ उनले भने ‘हामी कम्तिमा चौंथो स्थानमा रहँदै विश्वकप खेल्ने सपना पुरा गर्ने लक्ष्यका साथ पपुवा न्युगिनी र जर्सी विरुद्धको खेल खेल्ने छौं ।’ प्रतियोगिताका सबै खेल, सबै ओभर र बल उतिकै महत्वपूर्ण रहेको पारसको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१