सर्लाही, १ साउन । पछिल्लो क्रममा नेपाल सरकारले घोषणा गरेका ७२ वटा नगरपालीकाहरु मध्ये रहेको सर्लाहीको लालबन्दी नगरपालीकाले पनि आफ्ना गति विधीहरुमा प्रशंसनिय कार्य गरेको छ । गाविसबाट नगरपालीका भईसके पछि विभिन्न करको दाएरा बढ्नु स्वाभाविकै हो । सोही क्रममा घर नक्सा पास गर्ने वारे लालबन्दी नगरपालिकाको नगरबासीमा सहुलिएत होस भनि समय थप गरेको जनाएको छ । लालबन्दी नगर क्षेत्र भित्र निर्माण भैसकेका पुराना घरहरुको सहुलियत शुल्कमा नक्सा पास गर्ने म्याद यहीँ २०७२ असार मसान्तसम्म रहेको थियो । तर नगरबासीहरुले म्याद थप गरिदिन माग भएको हुँदा श्रावण मसान्तसम्म सहुलियत दरमा नक्सा पास गर्ने म्याद लालबन्दी नगरपालीकाकाले थप गरेको छ ।
थप भएको म्याद भित्र अनिवार्य रूपमा आफ्नो घरको नक्सा पास गर्न पनि नगरपालीकाले अनुरोध गरेको छ । थप गरिएको समय भित्र नक्सा पास नगरेमा जरिवना सहित पूरा शुल्क लिइने समेत नगरपालीकाले चेतावनी दिएको छ । बिहीबार एक सूचना निकाली नगर क्षेत्र भित्र निर्माण हुने नयाँ घर, पर्खाल, थप गर्नुपर्ने तला र घरको संरचनामा गरिने थपघटको अनिवार्य रुपमा नक्सा पास गर्नुहुन समेत नगरपालीकाले अनुरोध गरेको छ । नगरपालिकाको स्वीकृति बेगर बनाइने संरचनाहरु स्वयंलाई भत्काउन लगाई जरिवाना गरिने ब्यहोरा समेत नगरवासीहरुमा जानकारी गराइन्छ ।सूचनामा भनिएको छ ।
प्रतिक्रिया