खेति किसानी संगै साउन महिनामा हरिया चुरा, पोते र मेहेन्दी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ श्रावण २०७२, शुक्रबार ०६:००

haria-chura काठमाडौँ, १ साउन। साउन शुरु भएसँगै युवतीहरुको हत्केलामा मेहेन्दी र नाडीमा काँचका चुरा लगाउने चलनले व्यापकता पाएको छ।साउने संक्रान्ति पर्व शुरु भएसँगै महिलाहरुमा मेहेन्दी र हरियो चुरा लगाउने चलन साउन भरि परम्पराको रुपमा चल्न थालेको छ।
साउन महिना शुरु भएलगतै किशोरी नवयुवती र विवाहिता महिलाको हत्केलामा बुट्टेदार मेहेन्दी र नाडीमा काँचका हरिया पहेला चुरा लगाएको देखिन्छ। विशेषत हिन्दु धर्ममा विश्वास राख्ने महिलाहरुले हरियो चुरा तथा मेहेन्दी लगाएर साउन महिनालाई पर्वकै रुपमा मनाउँछन। साउनमा अविवाहिता युवतीले हरियो काँचको चुरा र मेहेन्दी लगाउदा भावी श्रीमान आफैले चाहे जस्तै राम्रो र आफुलाई माया गर्ने पाइने विश्वास रहिआएको छ भने विवाहिता महिलाले श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै लगाउने विश्वास रहिआएको छ।mehindi

साउनमा हरियो चुरा र मेहेन्दी लगाउँदैमा मनको इच्छा पुरा भएको वैज्ञानिक रुपमा पुष्टी नभए पनि विगतदेखि नै नेपाली समाजमा यो चलन चलि आएको छ। भारतीय प्रभाव पनि यो परम्परामा परेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१