भोलीबाट देवघाटमा साउने मेला सुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ असार २०७२, बिहीबार १५:५३

प्रकाश सिग्देल
देवघाट, ३१ असार । देवघाटमा भोलिदेखी महिना व्यापी साउने मेला सुरु हुने भएको छ । धार्मिक पर्यटकीय क्षेत्र पवित्र तीर्थस्थल देवघाटधाममा यो वर्ष देखी बोल ओम मेला सुरु हुने भएको हो । हरेक वर्ष देवघाटधाममा बोलबम मेला लाग्ने भएपनि यो वर्ष देखी देबघाट आध्यात्मिक परिषद र देवघाट क्षेत्र विकास समितिको आयोजनामा एक महिने प्रथम बोल ओम महोत्सव हुने भएको देबघाट क्षेत्र विकास समितिले जनाएको छ । ओम (ॐ) शब्दमा अलौकिक शंक्ति रहेकाले बम शब्दलाई हटाएर बोल ओमको नामबाट मेला गर्न लागिएको देबघाट आध्यात्मिक परिषदका अध्यक्ष राम प्रसाद ढुङगानाले बताए ।

devghatचितवन नवलपरासी र तनहुको सङगम स्थल देवघाटधाममा मेला सुरु गर्न लागिएको हो । भने मेला ४ लाख बढी भक्तजनले दर्शन गर्ने आयोजकले बताए । मेलाको भोलि राप्रपा नेपालका अध्यक्ष कमल थापाले उद्धघाटन गर्ने कार्यक्रम रहेको बताईएको छ । स्रोतका अनुसार मेलामा पुर्व गृह मन्त्री खुमबहादुर खड्का, लगाएतका केन्द्रिय नेता तथा अन्तिम दिन पुर्व राजा ज्ञानेन्द्र शाहा आउने कार्यक्रम रहेको आयोजकले जानकारी गराए छ । राप्रपा नेपालका जिल्ला अध्यक्ष बद्रि प्रसाद तिमिल्सेनालाई मेलाको संयोजकका रुपमा छनोट गरी समितिले तयारीको काम सुरु गरेको छ । यतिबेला मन्च निमार्ण, बाटो सफाई, स्नान घाट निमार्ण पार्कीङ व्यवस्थापनका लागी काम भईरहेको छ । मेलामा लाखौको संख्यामा भक्तजनहरुको सहभागिता हुने भएकाले भक्तजनका लागी आवश्यक सवै प्रवन्ध समितिले मिलाएको मेला आयोजक समिति संयोजक तिमिल्सेनाले बताए ।

मेलामा जाने सवारी साधनका लागी दुई छुट्टा छुट्टै रुट निधारण गरिएको चितवन ट्राफिक प्रमुख रमेश राज भेटुवालले बताए । मेलामा जानका लागी रामनगर तर्फको रुट र आउनका लागी पुरानो बाटोनै कायम गरिएको उनको भनाई छ । भोलि बिहान ८ बजे नारायणगढको लायन्सचोकबाट कलस सहित शोभा यात्रा निकाली देवघाटमा पुगेर मेलाको उद्धघाटन हुने संयोजक तिमिल्सेनाले बताए । कलश यात्राका लागी सवै तयारी भएको कलस यात्रा सयोजक गिता लम्सालले बताए । मेलामा महिला र पुरुष पहेलो बस्त्र धारण गरी स्नानका लागि आउने गर्दछन् । मेला भर्नका लागी आजै देखि देवघाटमा भक्तजनहरुको आगमन हुन थालिसकेको छ ।

पवित्र तीर्थस्थल देवघाटधाममा नेपालका विभिन्न जिल्ला तथा भारतबाट खाली खुट्टामा झक्तजनहरु आउने गर्दछन् । देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजा आराधना गरे आफ्नो मनोकामना पूरा भई सुख शान्ति मिल्ने विश्वासले मेला भर्न भक्तजनहरुको घुईचोलाग्ने स्थानिय रमाकुमारी उपाध्यायले बताए । मेलामा साउनको हरेक सोमबार निराहार वर्त बसी बिहान सवेरै स्नान गरेर बेलपत्र तथा गङगाजल शिवमन्दिरमा चढाउने गरिन्छ । धर्मशास्त्रमा साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रुपमा समेत लिने गरिएकाले साउनमा पूजाआजा गर्दा पूण्य मिल्ने विश्वास गरिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१