विनासकारी भुँचालोपछि पिरती गाँस्दै राज

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ असार २०७२, बिहीबार १३:४८

गायक तथा संगीतकार राज दोङको आधुनिक लोक सेलो एल्वम ‘पिरती गाँसौ’ एल्वम बुधवार राजधानीमा एक समारोहविच सार्वजनिक भएको छ । गीतकार तथा गजलकार जितेन्द्र रसिक को शव्द रहेको उक्त एल्वममा गायीका लक्ष्मी स्याङ्तान, सुमिना लामा लालबहादुर जिम्वा लगायतले स्वरांकन गरेका छन् ।

priratikoराष्ट्रिय लोक संचारकर्मी नेपालले आयोजना गरेको लोर्कापण कार्यक्रममा एल्वम सार्वजनिकीकरणको अवशरमा बोल्दै गीतकार जितेन्द्र रसिकले सेलो धारको गीतलाई आधुनीकीकरण गर्न आवश्यक रहेको बताएका थिए । उनले सेलो गीतको शैली परिमार्जन गर्नुपर्ने समय आइसकेको बताए । त्यस्तै राष्ट्रिय लोक संचारकर्मी नेपालका अध्यक्ष हरी वल्लभले विगत लामो समय देखि गायन, संगीतमा काम गरिरहेका दोङले यस अघि विनासकारी भुँइचालो एल्वम सावैजनिक गरे लगतै अब नेपालीलाई पीडा बाट बाहिर निकाल्न पीरती गाँसौं एल्वमले सघाउने पनि बताएका छन् ।

यस अघि गायक दोङले गीतकार जितेन्द्र रसिककै शव्दमा विनासकारी भुँइचालो नामक एल्वम सार्वजनिक गरेका थिए भने बजारमा उक्त गीत लोकप्रिय बनेको थियो । विपतका बेला धैर्य अपनाउँदै एकताको माला गाँस्दै जुट्न सन्देश दिइएको उक्त गीतले भूकम्पपीडितको आलो घाउमा मलम लगाउने काम गरेको थियो । करिव दुई दशक अघिदेखि नेपाली साँगीतिक क्षेत्रमा लोक गीतमार्फत प्रवेश गरेका गायक राज दोङ नेपाली संगीत क्षेत्रका एक रथी हुन् । उनले विभिन्न भाषा भाषी गीतहरुमा मात्र होइन ।

चलचित्र, लोक आधुनीक तथा आधुनीक गायन र संगीतमा समेत योगदान गर्दै आएका छन् । १ सय भन्दा बढी गीत रेकर्ड गरिसकेका गायक दोङ गायक तथा संगीतकारमात्रै होइन चलचित्र निर्माता तथा निर्देशक पनि हुन् । उनले ‘अधुरो सपना’ चलचित्र पनि निर्माण तथा निर्देशन समेत गरेका छन् । पछिल्लो समय गजल तथा गीतकार रसिकको सहकार्यमा गजल एल्वममा जुटेका दोङ विस्तारै लोक गायनबाट आधुनिक तथा गजल गायनमा प्रवेश गर्न लागेको बताउँछन् । कार्यक्रममा झापाका गायक बुद्ध खत्रिको ‘चन्द्रगढी’ एल्वमको समेत लोर्कापण गरिएको थियो ।

प्रतिक्रिया