राप्ती खोलाले बगाउदा २ जनाको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ असार २०७२, बिहीबार १३:०७

raptiहेटौडा, ३१ असार । वुधबार देखी लगातार रुपमा परिरहेको अविरल बर्षाका कारण राप्ती खोलामा आएको बाढिले बगाउदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएको र ३ जनाको सकुशल उद्धार गरिएको छ । घाइतेलाई उपचारको लागि चुरेहिल अस्पतालमा लगिएको छ । हेटौडा उपमहानगरपालिका–१२ आलदमार भन्ने स्थानमा त्रिभुवन नमुना उच्च माध्यामिक विद्यालय नवलपुरमा कक्षा ७ मा अध्यनरत नाम, थर, वतन खुल्न नसकेका ६ जना छात्राहरु बुधबार साथीको घरमा जान भनी राप्ती खोला तर्ने क्रममा उनीहरुलाई खोलाले बगाएको थियो । सो घटनाको खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट लेवटबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट ५ सय मिटर तल २ जनालाई मृत अवस्थामा , १ जनालाई घाइते अवस्थामा र ३ जनालाई सकुशल उद्धार गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१