पारसले भने -‘हामीले राम्रो क्रिकेट खेल्न सकेका छैनौं’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ असार २०७२, बिहीबार १२:५४

विश्वकप टी-ट्वान्टी प्रतियोगिताको चौथो खेलमा बुधबार हङकङसँग ५ विकेटले पराजित भएपछि नेपाल अंकतालिकामा पाँचौं स्थानमा छ। हङकङसँग नेपालले २० ओभरमा १ सय ९ रन बनाएको थियो। हङकङले २० औं ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो। नेपालले शुक्रबार पपुवा न्युगिनी र शनिबार जर्सीसँग खेल्दैछ। प्रतियोगितामा रहिरहन नेपालले यी दुवै खेल जित्नुपर्नेछ। तर, कप्तान पारस खड्काले भने नेपालले अब समूहमा चौथो हुन प्रयास गर्ने बताएका छन् । उनले भने-‘हाम्रो लागि प्रतियोगिता सकिएको छैन । बाँकी दुई खेल जित्न सक्यौं भने चौथो हुन सक्छौं ।

parasतर, रनरेट पनि मेन्टन गर्नुपर्छ ।’ क्रिक इन्फोसँग गरेको कुराकानीमा कप्तान पारस खड्काले भने- ‘हङकङसँगको खेलमा हामीले २० रन कम बनायौं। खराब सुरुवातका बाबजुद पनि हामीले १ सय १० रन जोड्न सक्यौं र खेललाई अन्तिम ओभरसम्म कायम राख्न सक्यौं। यस्ता प्रतियोगितामा हामीले एक ओभर या दुई ओभर या २० ओभर राम्रो क्रिकेट खेलेर मात्र हुँदैन, पूरै ४० ओभर राम्रो क्रिकेट खेल्नुपर्छ। बिडम्बना हामीले राम्रो क्रिकेट खेल्न सकेका छैनौं। हामीले हाम्रा योजनाहरुलाई मैदानमा खरो उतार्न सकेका छैनौं ।’

पछिल्लो खेलहरुमा नेपालको ब्याटिङ चल्न नसकेका भन्दै खड्काले भने-आश छ, बाकीँ खेलहरुमा हामीले आफ्नो क्षमता अनुसार खेल्न सक्छौं ।’ पुनरागमन गरेर आफ्नो क्षमता अनुसार खेल्नुको विकल्प नभएको उनले बताए । नेपालले त्यहाँको कण्डिसनमा भिजेर दबावमा पनि खेल्न सक्नु पर्ने उनले बताए । चार खेलबाट ३ अंक जोडेको नेपाल समूह एको पाँचौ स्थानमा छ । नेपालले शुक्रबार बलियो टीम पपुवा न्यूगिनीको सामना गर्नेछ भने समूह चररणको अन्तिम खेल शनिबार जर्सीसँग खेल्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१