६० प्रतिशत तरकारी भारतबाट आयात

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ असार २०७२, बिहीबार १२:१०

कञ्चनपुर, ३१ असार । कञ्चनपुरको भीमदत्तनगरमा ६० प्रतिशत तरकारी भारतबाट आयात गरेर उपभोग गर्नुपरेको छ । स्थानीय उत्पादनमा गिरावट आएपछि सीमावर्ती भारतीय बजारबाट तरकारी दैनिक आयात गरेर उपभोक्तासम्म पुर्‍याईरहेकाे कञ्चनपुर मण्डी व्यवसायी सङ्घले जनाएको छ । दैनिक आठ क्विन्टल तरकारी यहाँ खपत हुने गरेको जानकारी दिँदै मण्डी व्यवसायी सङ्घका अध्यक्ष तर्कराज भट्टले कुल खपतको ६० प्रतिशत तरकारी भारतबाट आयात भइरहेको बताए। “आठ क्विन्टलमा ६० प्रतिशत भारतबाट आयात हुँदैछ” अध्यक्ष भट्टले भने – “४० प्रतिशत सल्यानबाट तरकारी आउँदैछ ।” केही समयअघिको वर्षाले कञ्चनपुरमा लगाएको तरकारीखेती प्रभावित बनेको भट्टले बताए। यहाँ पानीका कारण लगाएको तरकारीखेतीसमेत कुहिएको छ । अब साउनको दोस्रो सातापछि मात्रै स्थानीय उत्पादन बजारमा आउने सम्भावना छ ।

vegetableमण्डीमा हाल प्याज, आलु, लौका, सिमला, चिचिन्डोलगायतका तरकारी भारतबाट आयात गरिँदै आएको छ । बन्दागोभी, गोलभेँडा, काँक्रा र हरियो खुर्सानी सल्यानबाट आयात भइरहेको छ । अन्य समयमा मण्डीमा ८० प्रतिशत तरकारी स्थानीयस्तरमा उत्पादन गरेको हुने गर्दछ । “विभिन्न मौसममा काठमाडौँसम्म पनि यहाँबाट तरकारी निर्यात गर्छौं” अध्यक्ष भट्टले भने – “विगतको तुलनामा भारतबाट तरकारी कमै मात्रामा आयात हुन्छ ।” पछिल्लो समय यहाँ नगदेबालीका रुपमा किसानले तरकारी उत्पादनलाई बढी जोड दिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । “उत्पादित तरकारी खपतको कुनै समस्या यहाँ छैन” वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले भने– “किसान पनि राम्रो आम्दानी हुन थालेपछि यो व्यवसायतर्फ आकर्षित भएका छन् ।” रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१