‘म मेरो शरीर बेच्न चाहन्छु’ लेखको प्लेकार्ड बोकेर महिला सडकमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ असार २०७२, बिहीबार ११:०५

saएजेन्सी । चीनको शियाङ्ग्सी प्रान्तिस्थित सडकमा एक महिला एकाएक अर्ध नग्न अवस्थामा अनौठो प्लेकार्ड बोकेर घुम्न थालिन् । उनको प्लेकार्डमा लेखिएको थियो ‘म मेरो शरीर बेच्न चाहन्छु’ । डेली मेलका अनुसार उनले आफ्नो शरीर कुनै पसलमा बेच्नका लागि यसो भनेको होइन । उनका पतिले उनलाई अर्कै पुरुषसँग सम्बन्ध बनाएको फेला पारेपछि पत्निलाई सजाय दिन यस्तो काइदा निकालेका थिए । ती महिलाले केवल भित्री बस्त्र मात्र लगाएको देखिन्छ । ३३ वर्षकी वाङ नीलाई पतिले पिटेनन् मात्र नाङ्गो बनाएर शरीर बेच्न चाहन्छु भन्ने प्ले कार्ड बोकेी देखिन्छिन् । स्थानीय सञ्चार माध्यमका अनुसार १० वर्ष देखि विवाहित यो जोडीका २ छोरी समेत छन् । चीनमा पर पुरुष वा परस्त्री गमनका घटना सार्वजनिक भएपछि यस्तै दृष्यहरु देखिने गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१