फाप्लु विमानस्थलमा कालोपत्रेको काम सुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ जेष्ठ २०७१, शनिबार ०६:५१

सोलुखुम्बु,१७ जेठ । जिल्लाको सदरमुकाममा रहेको फाप्लु विमानस्थलमा कालोपत्रेको काम सुरु गरिएको छ। विमानस्थल कालोपत्रेका लागि आधारभूत काम सम्पन्न गरेर गत मंगलबारदेखि नै कालोपत्रेको काम सुरु गरिएको इन्जिनियर रत्‍नबहादुर श्रेष्ठले जानकारी दिएका छन्। उनका अनुसार अहिले कालोपत्रेको काम तीव्र रूपमा भइरहेको र करिब ५० मिटरसम्म धावनमार्गको कालोपत्रे भइसकेको छ।
airport_20140103124329
मौसमले साथ दिए असारको अन्तिम हप्तासम्मका विमानस्थल स्तरोन्‍नतिको सबै काम पूरा हुने बताइएको छ। विमानस्थल निर्माणका ठेकेदार बालगोपाल कँडेल आवश्यक सम्पूर्ण कार्य पूरा गरी धावनमार्ग कालोपत्रेको काम सुरु गरिएकाले अब काम निरन्तर हुने उनले बताए।

विसं २०६९ को असोज १५ गते सम्झौता भई विसं ०७० को पुस मसान्तसम्ममा कालोपत्रेको काम सम्पन्न गरी सञ्चालन गर्नुपर्ने उक्त योजना तोकिएको समयमा निर्माण सम्पन्‍न नभएपछि आगामी असार २५ गतेसम्मका लागि समय थप गरिएको छ। विमानस्थल कालोपत्रेको काम करिब रु सात करोडको लागतमा भइरहेको छ। रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१