राजेन्द्र आचार्य
काठमाडौं, ३१ असार । भुकम्पका कारण प्रभावित बनेको पर्यटन क्षेत्रका चीनबाट नेपाल जाऔ (लेस्ट गो नेपाल) अभियान सुरु गरिएको छ ।चीनमा रहेको एक एन्जीओ संस्था ईताउचोले लेस्ट गो टुगेदर कार्यक्रम अन्र्तगत नेपाल जाऔ (लेस्ट गो नेपाल) अभियान सुरु गरेको हो । भुकम्पका कारण सुरक्षित रहेका पर्यटकीय क्षेत्र चितवन, पोखरा, लुम्बीनी लगायतका क्षेत्रमा पर्यटकहरुको आगमन ठप्प भएपछि एक महिना अघि सुरु गरेको अभियान अन्र्गगत एक साथ काठमाडौ, पोखरा र चितवनका विभिन्न पर्यटकीय क्षेत्रमा अवलोकन गरिएको नेपाल जाऔ (लेस्ट गो नेपाल) अभियानका सदस्य एवं चिनिया पत्रकार योन हाओ होले जानकारी दिए ।
नेपाल र चीनका सम्बन्ध भएको ६० औ बर्षसगै चिन सरकारले नेपालका विकासका लागि विभिन्न योजनाहरु अघि सारिएको छ, उनले भने हामीले पनि भुकम्पले गर्दा पर्यटन क्षेत्र भएको खबर थाहा पयौ ।हामीले पनि केहि गर्न सक्छौ भनि स्थलगत अध्ययन गरि पर्यटक प्रर्वद्धनका लागि काठमाडौ पछि चितवन आएका हौ । नेपालको प्रत्यक्ष अवलोकन गरि नेपाल जाऔ भन्ने अभियानका चिनिया पत्रकार योन हाओ हो सहित २० जनाको टोली नेपाल आएको हो । टोलीमा वेजिङ्ग, साङ्गगाई, चेन्दो, हङ्गकङ्ग सहितका शहरहरुबाट पत्रकार सहभागी छन् ।उनीहरुलाई नेपालको पर्यटन सुरक्षित भन्ने सन्देशका लागि विभिन्न श्रव्य दृश्य सहित पत्रपत्रिका समाचार प्रकाशित गरि नेपालमा चिनिया पर्यटक भित्राउने लक्ष्य छ ।चितवनको मुख्य पर्यटकीय क्षेत्र सौराहा, पटिहानी, जगतपुर लगायतका ठाउंहरु अवलोकन पछि सौराहा स्थीत होटल जंगल क्राउन चिनिया पत्रकारहरुको टोली अन्र्तक्रिया पनि गरेका थिए ।
सौराहा सुरक्षित छ !
भुकम्पपछि चितवनको पर्यटकीय क्षेत्र सुरक्षित रहेको सन्देश चाईना सम्म पु¥याउन पर्यटन व्यवसायीहरुले माग गरेको छन् । विभिन्न सञ्चारमाध्यमले पु¥याएको सन्देश महत्वपूर्ण हुने भन्दै स्थलगत रुपमा नै अध्ययन गरि सहित सन्देश पु¥याउन व्यवसायीहरुले चिनिया पत्रकारहरुलाई माग राखेका हुन् । नेपालका पर्यटकीय क्षेत्रमा स्थगत अध्ययन अवलोकन र रिपोटिङ्ग सौराहामा आई होटल जंगल क्राउनमा सञ्चालन गरेको अन्र्तक्रियामा सौराहाका पर्यटन व्यवसायीले यस्तो माग राखेका हुन् । चाईनिज पर्यटकहरुको आर्कर्षण स्थल सौराहा सुरिक्षत छ भन्ने भन्ने सन्देश यो हामीले भन्दा पनि तपाईहरुले हेरर देख्नुहुन्छ, चिनिया पर्यटकलाई ईगित गर्दै उवासंघ चितवनका पूर्व अध्यक्ष एवं होटल जंगल क्राउनका अध्यक्ष समेत रहेका डा।तिलचन्द्र भटराईले भने । हो काठमाडौ प्रभिवत भए पनि दोश्रो र तेश्रो पर्यटकीय क्षेत्र सौराहा र पोखरा सुरिक्षत छ ।
कार्यक्रममा होटल जंगल क्राउन महाप्रबन्ध सन्तोष गिरीले वातावरणमैत्री सौराहामा पर्यटन भन्ने विषयमा श्रव्यदृश्य सहितको कार्यक्रपत्र प्रस्तुत गदै सौराहा सुरिक्षत हुदा हुदै विदेशी सञ्चारमध्यामले स्थगत अध्ययन गर्दा समस्या भएको बताएका थिए ।कार्यक्रममा बोल्दै होटल सेभेन स्टारका प्रबन्ध निर्देशक माधव दुवाडीले चिनिया संस्थाले चालेका नेपाल जाऔ अभियान सञ्चालनले पर्यटक आगमनमा कोसेढुङ्गा सावित हुने बताए । कार्यक्रममा बोल्दै चराविद् टिका गिरीले सञ्चार माध्यमको सकारात्मक सन्देश नै प्रभावकारी हुने भन्दै ययार्थ वितरण सहित सहि सन्देश चाईनिज पर्यटक सम्म पुग्ने विश्वास व्यक्त गरे । यस्तै होटल ग्रिन पार्कका म्यानेजर राधा श्रेष्ठले ७० प्रतिशत चाईनिज पर्यटक आगमन हुने सौराहामा चिनिया पत्रकारहरुको स्थगत अध्ययन सहि सन्देश जाने विश्वास व्यक्त गरे । भने होटल ईडेन गार्डेनका प्रबन्ध निर्देशक लोईस श्रेष्ठलेचिनिया पत्रकार टोलीले नेपाल ८ दिन बसेर विभिन्न सामाग्री तयार पारि चाईनामा प्रचार प्रसार गर्ने जानकारी सो अवसरमा गराए ।
प्रतिक्रिया